लहान। सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
पछिल्लो समय नगरपालिका वडा नम्बर ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही ३२ साउन सम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ। छिमेकी जिल्ला सप्तरीमा पनि तीब्र रूपमा संक्रमण फैलिरहेको छ।
नगरपालिका कार्यपालिकाको आपत्कालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको वडा नम्बर ७ का अध्यक्ष राकेशरोशन गुप्ताले जानकारी दिए।
वडा नम्बर ८ का सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाको स्वाब संकलनको काम भइरहेको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए।
यसअघि मिर्चैया नगरपालिकाले हिजोदेखि १० दिनका लागि नगर क्षेत्रमा लकडाउन गरेको छ।
मिर्चैया-६ का दुई स्वास्थ्यकर्मीसहित तीनजनामा कोरोना पुष्टि भएपछि सङ्क्रमण फैलिन नदिन नगर क्षेत्रमा लकडाउन गरेको नगरप्रमुख श्रवण यादवले बताए।
" /> लहान। सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।पछिल्लो समय नगरपालिका वडा नम्बर ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही ३२ साउन सम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ। छिमेकी जिल्ला सप्तरीमा पनि तीब्र रूपमा संक्रमण फैलिरहेको छ।

">