भदौ १ मा खुल्ने भनिएका विद्यालय भर्ना, हवाई उडान तथा यातायात सेवा सम्बन्धमा पुन: विचार गरिने
काठमाडौं। कोरोना भाइरसका कारण गत चैतदेखि ठप्प बनेका लामो दूरीका यातायात, हवाई उडान तथा विद्यालयहरू खोल्ने निर्णयमा सरकारले पुन: विचार गर्ने भएको छ।

उपत्यकासहित देशभर कोरोना भाइरसका संक्रमितको संख्या पछिल्ला दिनहरूमा ह्वात्तै बढेपछि सरकार आफ्ना निर्णयबाट पछि हट्ने सम्भावना देखिएको छ।

“अहिले बढेको जोखिमले अति उदार भएर सार्वजनिक यातायात खोल्ने, विद्यालय सञ्चालन गर्ने, उडान नियिमित गर्ने परिस्थिति बनिनसकेको प्रारम्भिक पृष्ठपोषणबाट पनि स्पष्ट भएको छ,” नेपाल सरकारका प्रवक्ता, अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै जानकारी दिए।

“विदेशबाट आउनेहरूको हकमा पनि सुरुमा एकदमै अलपत्र परेका उद्धार आवश्यक नेपालीहरू ल्याइने छ,” मन्त्री खतिवडाले भने, “अलपत्र नपरेका, अझै केही दिन बस्दा विचल्लित भइनहाल्ने तर नेपाल फर्किन चाहनेहरूलाई भने अवस्था सहज भएपछि ल्याउने छ।”

सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य उडान, विद्यार्थी भर्ना, लामो दूरीका यातायात लगायत सञ्चालन गर्ने निर्णय गरेको थियो।

आजमात्र देशभर कोरोना भाइरसका ३६० नयाँ संक्रमित थपिएका छन्। त्यस्तै, काठमाडौं उपत्यकामा मात्र ८७ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्