थप ३६० जनामा काेराेना संक्रमण, सक्रिय संक्रमित ६ हजार २९६ पुगे

काठमाडौं। नेपालमा थप ३६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार थप ३६० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

आज ६ हजार ६२२ जनाकाे पीसीआर परीक्षण भएकाे मन्त्रालयले जनाएकाे छ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ।

मन्त्रालयका अनुसार देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ।

गत २४ घण्टामा २२४ जन काेराेना संक्रमित उपचारपछि निकाे भई घर फर्केका छन्। नेपालमा काेराेनाबाट निकाे हुनेकाे संख्या १५ हजार ३८९ जना पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्