चितवन। मेडिकल सिटीका रूपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन। यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पीसीआर जाँच गर्ने प्रयोगशाला रहेका छन्।
भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसारको परीक्षण भइरहेको छ। निजी खर्चमा परीक्षण गर्न चाहनेलाई सो प्रयोगशालामा सुविधा छैन। चितवन मेडिकल कलेजको प्रयोगशालाले भने हालसम्म अनुमति पाएको छैन।
जिल्लामा परीक्षण गर्न चाहनेको सङ्ख्या बढ्दो रहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी पैसा तिरेर परीक्षण गर्न चाहना राख्नेको सङ्ख्या निकै भएको बताउँछन्। उनले, “दैनिक धेरै फोन त्यसै विषयलाई सोध्नेको आउने गर्दछ।” सर्वसाधारणलाई बुझाउनै कठिन हुने गरेको उनले बताए।
यहाँका प्रयोगशालालाई निजी खर्चमा परीक्षण गर्न दिएमा सहज हुने बताइएको छ। चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राध्यापक डा. हरिशचन्द्र न्यौपाने आफूहरूले पाँच करोड ४० लाख खर्च गरेर प्रयोगशाला निर्माण गरे पनि स्वास्थ्य मन्त्रालयले अनुमति नदिएको गुनासो गरे।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले आफूलाई पनि स्वास्थ्य मन्त्रालयको निर्देशिका बाहिरका व्यक्तिले परीक्षणका लागि निकै सोध्ने गरेको बताए। उनले भने, “म आज काठमाडौँ जाँदै छु। यस विषयमा मन्त्रालयमा कुरा राख्ने छु।”
भरतपुर अस्पतालमा दैनिक पीसीआर परीक्षणका लागि सर्वसाधारण आउने गरेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख डा. लुना झाले भने भरतपुर अस्पतालले हालसम्म रकम तिरेर परीक्षणका लागि माग नगरेको बताइन्।
भरतपुर अस्पतालको प्रयोगशालाले निर्देशिकाअनुसारका व्यक्तिको दैनिक १५० हाराहारी परीक्षण गर्दै आएको छ। यस प्रयोगशालाले चितवनसहित १० जिल्लाका नमूना परीक्षण गर्दै आएको छ। हालसम्म जिल्लामा कोरोना सङ्क्रमण भएकाको सङ्ख्या ११६ पुगेको छ। नारायण अधिकारी/रासस
" /> चितवन। मेडिकल सिटीका रूपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन। यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पीसीआर जाँच गर्ने प्रयोगशाला रहेका छन्।भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसारको परीक्षण भइरहेको छ। निजी खर्चमा परीक्षण गर्न चाहनेलाई सो प्रयोगशालामा सुविधा छैन। चितवन मेडिकल कलेजको प्रयोगशालाले भने हालसम्म अनुमति पाएको छैन।

">