काठमाडौं। गण्डकी प्रदेशका थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा ६ जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा तीनजना साथै कास्की र पर्वतमा एक/एक जना संक्रमित भेटिएका हुन्।
निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पोखरास्थित क्षयरोग उपचार केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा कोभिड-१९ पोजिटिभ देखिएको हो।
२२ देखि ३५ वर्ष उमेर समूहका उनीहरूमध्ये दुईजना महिला छन्। नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा उपचारका लागि लैजाने तयारी भइरहेको निर्देशनालयले विज्ञप्ति निकालेर जनाएको छ।
आज थप भएकासहित गण्डकी प्रदेशमा कोरोनाका कूल संक्रमितको संख्या एक हजार ५६६ पुगेको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशका थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा ६ जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा तीनजना साथै कास्की र पर्वतमा एक/एक जना संक्रमित भेटिएका हुन्।

">