काठमाडौं। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले यातायातमा फेरि जोरबिजोर प्रणाली लागू गरेको छ।
यो प्रणाली भोलि, बिहीबारबाट लागू हुने गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यका र २०० बढी सक्रिय कोरोना संक्रमित भएको जिल्लामा यो प्रणाली लागू हुनेछ।
यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेक सबै यात्रुवाहक सवारीसाधनहरूलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थापनलाई कडाइका साथ लागू गर्ने मन्त्रालयको भनाइ छ।
यस्तै २०० बढी सक्रिय संक्रमित भएका जिल्लाका सहरी क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिने मन्त्रालयले जनाएकाे छ।
केही प्रतिबन्धलाई कायम राख्दै साउन ६ गते मध्यरातबाट लकडाउन अन्त्य भएकाे थियाे।
" /> काठमाडौं। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले यातायातमा फेरि जोरबिजोर प्रणाली लागू गरेको छ।

">