काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि बढी संक्रमित देखिएका जिल्लाहरूले निषेधाज्ञा जारी गर्न थालेका छन्।
संंक्रमणको रोकथाम तथा नियन्त्रणका लागि हालसम्म पाँच जिल्लाले जिल्लाभर नै निषेधाज्ञा जारी गरेका छन्।
सप्तरी, पर्सा, बाँके, सर्लाही र स्याङ्जा जिल्ला प्रशासनले जिल्लाभर नै निषेधाज्ञा जारी गरेका हुन्।
संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको ती जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्।
सप्तरीमा साउनको २० गते मङ्गलबारदेखि साउनको २६ गते बेलुकी पाँच बजेसम्म, पर्सामा साउनको १९ गते सोमबारदेखि अर्को आदेश नभएसम्म र बाँकेमा साउन १७ गते शनिबार २४ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको छ।
सर्लाहीमा बुधबारदेखि अर्को आदेश नभएसम्म र स्याङ्जामा साउन १३ गतेदेखि साउन २३ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।
धनुषामा जनकपुरधाम उपमहानगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रमा सोमबारदेखि साउनको २५ गतेसम्म, नुवाकोटको विदूर नगरपालिका वडा नम्बर–८ को केउरेनी क्षेत्रमा साउनको ११ गतेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ।
महोत्तरीको जलेश्वर र महोत्तरी गाउँपालिकामा शुक्रबारदेखि बुधबार (आज) सम्म, झापाको विर्तामोड नगरपालिकामा साउन १८ गते सोमबारदेखि अर्को आदेश नभएसम्म र अर्जुनधारा नगरपालिकामा साउन १८ गते सोमबारदेखि २२ गतेसम्म तथा सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा सोमबारदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको छ।
बझाङको केदारस्यूँ गाउँपालिकाको वडा नम्बर ६ र ७ तथा दार्चुलाको मार्मा गाउँपालिकामा साउनको १७ गतेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म २१ हजार ९ जनामा कोरोना संक्रमण देखिएको छ। १५ हजार २६ जना निको हुँदा ५८ जनाले ज्यान गुमाएका छन्।
" /> काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि बढी संक्रमित देखिएका जिल्लाहरूले निषेधाज्ञा जारी गर्न थालेका छन्।संंक्रमणको रोकथाम तथा नियन्त्रणका लागि हालसम्म पाँच जिल्लाले जिल्लाभर नै निषेधाज्ञा जारी गरेका छन्।

">