कैलाली। धनगढी उपमहानगरपालिकासँगै जोडिएको कैलालीको कैलारी गाउँपालिका आजदेखी अनिश्चितकालका लागि लकडाउन गरिएको छ ।
गाउँपालिकास्थित क्वारेन्टाइनमा खटिएका एक स्वास्थ्यकर्मीसहित सातजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आज बसेको गाउँपालिकाको बैठकले आजै देखि लागू हुनेगरी गाउँपालिकालाई अनिश्चितकालका लागि लकडाउन गरिएको वडा नम्बर ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले बताए।
स्वास्थ्य सुरक्षासम्बन्धी सावधानी अपनाउँदै कोरोना उपचार, रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर लकडाउन गरिएको उनको भनाइ छ।
लकडाउनका बेला अत्यवाश्यक कामबाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न गाउँपालिकाले सबैलाई आग्रह गरेका छ ।
वडा नम्बर १ को हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी, चौकीदार र भान्छेलाई हिजो कोभिड-१९ पुष्टि भएको थियो।
" /> कैलाली। धनगढी उपमहानगरपालिकासँगै जोडिएको कैलालीको कैलारी गाउँपालिका आजदेखी अनिश्चितकालका लागि लकडाउन गरिएको छ ।गाउँपालिकास्थित क्वारेन्टाइनमा खटिएका एक स्वास्थ्यकर्मीसहित सातजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आज बसेको गाउँपालिकाको बैठकले आजै देखि लागू हुनेगरी गाउँपालिकालाई अनिश्चितकालका लागि लकडाउन गरिएको वडा नम्बर ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले बताए।

">