बाँकेमा निषेधाज्ञा चार दिन थप
<p>काठमाडाैं। नेपाल-भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ।</p>
<p>कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागू निषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिप्रकाले जनाएको छ।</p>
<p>बाँके जिल्लास्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आजको बैठकले यही साउन २४ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए।</p>
<p>रासस</p>
प्रतिक्रिया दिनुहोस्
