काठमाडौं उपत्यकामा ६२ कोरोना सङ्क्रमित थपिए
<p>काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना भाइरस सङ्क्रमित भेटिएका छन्। काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो।</p>
<p>हालसम्म देशभर सङ्क्रमित संख्या २१ हजार नौ पुगेको छ भने पछिल्लो २४ घण्टामा २ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्। </p>
<p>हालसम्म चार लाख ६ हजारको पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ भने १५ हजार २६ जना निको भएर डिस्चार्ज भएका छन्।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
