कैलाली। कोरोना परीक्षणका लागि धनगढीमा थप एउटा प्रयोगशाला स्थापनाको काम अन्तिम चरणमा पुगेको छ।
सेती प्रादेशिक अस्पतालले सञ्चालन गर्ने गरी स्वास्थ्य कार्यालय कैलालीमा पीसीआर प्रयोगशला स्थापना गरिएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले प्रयोगशालामा पीसीआर मेसिन सहितका उपकरण जडानको काम भइरहेको बताए ।
प्रयोगशालामा उपकरण जडानको काम सकिएको बताउँदै आगामी बिहीवारदेखि परीक्षण शुरू हुने सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए। उनका अनुसार मेसिनको भ्यालिडेसन भइरहेकोले पर्सिदेखी सञ्चालन हुनेछ।
प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार धनगढीमा थप प्रयोगशाला स्थापना भएको हो। १५ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो।
डोटी र बैतडीमा समेत प्रयोगशाला स्थापनाको काम भइरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए । उनेल डडेल्धुरा र धनगढीमा एउटा/एउटा प्रयोगशालामार्फत कोरोना परीक्षण भइरहेको जानकारी दिए।
अहिले संचालित डडेल्धुराको प्रयोगशाला जनस्तरबाट रकम संकलन गरेर स्थापना गरिएको हो भने धनगढीको प्रयोगशाला संघीय सरकारले स्थापना गरेको हो।
" /> कैलाली। कोरोना परीक्षणका लागि धनगढीमा थप एउटा प्रयोगशाला स्थापनाको काम अन्तिम चरणमा पुगेको छ।सेती प्रादेशिक अस्पतालले सञ्चालन गर्ने गरी स्वास्थ्य कार्यालय कैलालीमा पीसीआर प्रयोगशला स्थापना गरिएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले प्रयोगशालामा पीसीआर मेसिन सहितका उपकरण जडानको काम भइरहेको बताए ।

">