काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एड्नोम ग्याब्रियसले कोरोना भाइरसको अचुक औषधि कहिल्यै नबन्न सक्ने चेतावनी दिएका छन्। यसो भनिरहँदा पनि उनले भ्याक्सिन चाँडो मिलोस् भन्ने कामना गर्न चुकेनन्।
टेड्रोसका यसअघिका कतिपय भनाइ पनि चिन्ताजनक छन्। भाइरस कहिल्यै समाप्त नहुने र योसँगै हामी बाँच्नु पर्ने उनको भनाइ आएको थियो। कोरोना भाइरस अन्यभन्दा फरक रहेको र यसले आफूलाई परिवर्तन गरिरहन्छ।
डब्ल्यूएचओ प्रमुख ग्याब्रियसले यो पनि भनेका थिए- मौसम बदलिए पनि कोरोनामाथि कुनै फरक नपर्ने, किनकि यो मौसमी जीवाणु होइन। उनले संसारभर नै कोरोनाबाट बच्न सामाजिक दूरी, राम्ररी हात धुनु र मास्क लगाउनु अनिवार्य रहेको बताउँदै आएका छन्।
संसारभर अहिलेसम्म एक करोड ८१ लाखभन्दा बढी मानिस यस रोगबाट सङ्क्रमित छन् भने ६ लाख ९० हजारको ज्यान लिइसकेको छ।
डा. ग्याब्रियसले भने, ‘‘कतिपय भ्याक्सिनको तेस्रो चरणमा ट्रायल चलिरहेको र यसले मानिसलाई कोरोनाबाट बचाउन सफल हुने आशा गरौं। तर, यसको अचुक औषधि छैन। र, त्यो भविष्यमा पनि नहुन सक्छ। हामीले यस्तो अवस्थामा टेस्ट, आइसोलेसन र मास्कका माध्यमबाट कोरोनालाई रोक्ने काम जारी राख्नु पर्छ।’’
(बीबीसी)
" /> काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एड्नोम ग्याब्रियसले कोरोना भाइरसको अचुक औषधि कहिल्यै नबन्न सक्ने चेतावनी दिएका छन्। यसो भनिरहँदा पनि उनले भ्याक्सिन चाँडो मिलोस् भन्ने कामना गर्न चुकेनन्।टेड्रोसका यसअघिका कतिपय भनाइ पनि चिन्ताजनक छन्। भाइरस कहिल्यै समाप्त नहुने र योसँगै हामी बाँच्नु पर्ने उनको भनाइ आएको थियो। कोरोना भाइरस अन्यभन्दा फरक रहेको र यसले आफूलाई परिवर्तन गरिरहन्छ।

">