काठमाडौं। जेठ दोस्रो सातातिर वीरगञ्जको नारायणी अस्पतालबाट एकैदिन ४३ कोरोना संक्रमित डिस्चार्ज भए। कोरोना संक्रमणको हटस्पट बनेको अस्पतालले छोटो समयमै धेरै विरामीको उपचार गर्यो। २ नम्बर प्रदेशमा कोरोना संक्रमण भयावह अवस्था आउने जनस्वास्थ्य विज्ञहरूले चेतावनी दिइरहेका थिए। तर, उनीहरूले भनेजसरी भयावह अवस्था आएन्। लकडाउन, भारतसँगको सीमा नाकामा कडाइका कारण त्यो भयावह अवस्था रोकियो।
तर, अहिले भने कोरोना हटस्पट बनेको छ। अहिलेसम्म १९ जनाको मृत्यु भएको छ। पाँच हजार ९ जना कोरोना संक्रमित देखिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार पर्सामा मात्रै १२ जनाको मृत्यु भएको छ। त्यस्तै रौतहट र बारामा २/२ जनाको मृत्यु भएको छ।
पर्सामा आजमात्र ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा चिकित्सक, चालक, स्थानीय जनप्रतिनिधि लगायत छन्। वीरगञ्ञ्ज महानगरका प्रमुख विजयकुमार सरावती, त्यहीबाट प्रतिनिधित्व गर्ने सांसद प्रदीप यादव लगायत पनि कोरोना संक्रमित भएका छन्।
प्रदेश २ का पर्सामा ५७५ जना, बारामा १७८, रौतहटमा एक हजार २५९, सर्लाहीमा ७११, महोत्तरीमा ८२३ जना, धनुषामा ७२९ जना, सिरहा, २१४ जना, सप्तरीमा ५१५ जना कोरोना संक्रमित देखिएका छन्। जम्मा संक्रमितमध्ये अझै पनि दुई हजार ३५७ जना सक्रिय संक्रमित छन्। जबकी अन्य प्रदेशमा १५ सय भन्दा बढी छैन। सुदूरपश्चिम प्रदेशमा एक ५४९ जना सक्रिय संक्रमितबाहेक अन्य प्रदेशमा बढीमा ६५१ जना छ।
पर्सा, धनुषा लगायतका जिल्लामा संक्रमितको संख्या बढिरहेको सामाजिक अभियन्ता कञ्चन झाले जानकारी दिए। कोरोना महामारी शुरू भएदेखि नै क्वारेन्टिन व्यवस्थापन, आइसोलेसन निर्माण निर्माण लगायतको काममा सक्रिय भएका झाले वीरगञ्ज कोरोनाको हटस्पट नै बनेको बताए।
समुदाय र प्रशासन दुवैको लापरवाहीका कारण जोखिम बढिरहेको उनको भनाइ छ। “प्रशासनले केही गर्न सकेको छैन। लकडाउन खोलेपछि झन समस्या आयो। भारतबाट निर्वाध रूपमा भित्रिरहेका छन्”, उनले भने, “स्थानीयले पनि त भौतिक दूरी कायम गर्छन्। न त मास्क नै लगाउँछन्।”
सरकार के गर्दैछन् ?
संघीयतामा गएसँगै मुलुकमा तीन तहका सरकार छन्। जनतासँग सबैभन्दा नजिक स्थानीय तह छ। त्यस्तै प्रदेश र संघीय सरकार गरी तीन तहका सरकार कोरोना महामारी नियन्त्रणमा लागेका छन्।
स्थानीय सरकार :
८ जिल्ला रहेको प्रदेश २ मा १३६ स्यानीय सरकार छन्। तीमध्ये केही पालिका प्रमुख, वडाअध्यक्ष तथा जनप्रतिनिधि नै कोरोना संक्रमित छन्। अभियन्ता झाका अनुसार स्थानीय सरकारले क्वारेन्टाइन व्यवस्थापन, जनचेतना फैलाउने लगायतका काममा व्यस्त छ।
स्थानीय तहकै कारण अहिलेसम्म कोरोना संक्रमणको भयावह अवस्था नभएको उनको भनाइ छ। “स्थानीय सरकार नभएको भए अहिलेसम्म संक्रमणले भयावह अवस्था आउँथ्यो। काम गर्ने भनेको त्यही सरकार हो”, झाले भने।
प्रदेश सरकार :
प्रदेश सरकार भने मुख दर्शक मात्र बनेको छ। प्रदेश सरकार छैन भने पनि हुने उनको भनाइ छ। दैनिक कति जना कोरोना संक्रमित थपिए, कति जनाको मृत्यु भयो ? भन्ने जानकारी दिन मिडिया ब्रिफ गर्नेबाहेक प्रदेश सरकारले केही नगरेको उनले बताए।
संघीय सरकार :
संघीय सरकारले स्वास्थ्य परीक्षण गर्ने, पीसीआर परीक्षण गराउने काम गर्दै आएको छ। त्यो बाहेक अन्य केही काम नगरेको उनको भनाइ छ। “कछुवाको गतिमा काम भइरहेको छ। कोरोना संक्रमण खरायोको गतिमा बढिरहेका बेला सरकार भने सुस्त गतिमा चलिरहेको छ”, उनले भने।
कसरी बढ्यो संक्रमण ?
लकडाउनको अन्त्य भएसँगै जनजीवन सामान्य बन्यो। जवजीवन सामान्य बनेसँगै मानिसहरूको चहलपहल बढ्यो। उद्योगधन्दा कलकारखाना खुल्न थाले। मानिसहरूको भीडभाड ह्वात्तै बढ्यो। अभियन्ता झाले लुकिछिपी भारतबाट आउन थालेपछि यसको संक्रमण बढेको बताए।
भारतबाट लुकिछिपी आउने, निर्वाध रूपमा आवतजावत गर्ने, मास्कबिना घर बाहिर हिड्ने, बढी भीडभाड गरेर काम गर्ने जस्ता कारण नै यसको प्रमुख कारण भएको अभियन्ता झाको भनाइ छ। नारायणी अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले संक्रमणको दर निकै बढिरहेको बताए। संक्रमणदर सँगै मृत्युदर पनि बढिरहेको उनको भनाइ छ। मृत्युदर किन बढ्यो भन्ने कुरा अनुसन्धानको विषय हुनसक्ने भन्दै समयमै सबैले सचेत नभएको खण्डमा स्थिति नियन्त्रणबाहिर जाने बताए।
“भारतबाट लुकिछिपी आइरहेका छन्। मानिसहरूले कुनै सावधानी अपनाएका छैनन्। यो महामारी नियन्त्रणका लागि एक व्यक्ति वा सरकारको मुख मात्र ताकेर हुँदैन। यसमा लागि सबैभन्दा पहिला सर्वसाधारण नै सचेत हुनुपर्छ”, डा.सिंहले भने।
शहरी क्षेत्रमा उच्च जोखिम
वीरगञ्ज, पर्सा, सप्तरी लगायतका क्षेत्रमा कोरोनाको संक्रमण बढी छ। विशेषगरी सहरी क्षेत्रमा संक्रमण बढी देखिएको जनस्वास्थ्यविद् डा. राजकुमार महतो बताउँछन्। “अहिले गाउँमा भन्दा पनि शहर केन्द्रीत संक्रमण देखिएको छ। यो निकै खतरा हो”, जनस्वास्थ्य विद् महतोले भने, “चार महीना लकडाउन गरेर सरकारले सदुपयोग गर्न सकेन। आइसोलेसन विस्तार गर्नुपर्थ्यो, परीक्षण दायरा बढाउनुपर्थ्यो तर, केही गर्न सकेन।”
जनस्तरबाट पनि अपनाउनुपर्ने सावधानी नअपनाइएको, मास्क, सेनिटाइजर, भौतिक दूरी कायम गर्नुपर्ने काम नभएपछि जोखिम त्यताबाट पनि बढेको उनको भनाइ छ।
उच्च जोखिम क्षेत्रमा टोली पठाइयो
सरकारले भने प्रदेश २ का कोरोना संक्रमित क्षेत्रमा थप स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री पठाइएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले पर्सामा स्वास्थ्यकर्मी र थप स्वास्थ्य साम्राग्री पठाइएको बताए। वीरगञ्जमा पीसीआर परीक्षणको दायरा बढाइएको, थप ५० बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याइएको उनको भनाइ छ।
संक्रिमित क्षेत्रमा लकडाउन गर्ने, निषेधाज्ञा जारी गर्ने, स्वास्थ्य परीक्षणको दायर बढाउने जस्ता कामहरू भइरहेको भन्दै समुदायस्तरबाट पनि सबैले सचेत हुनुपर्ने सह–प्रवक्ता डा. अधिरकाीले बताए। “काम गरिरहेका छौं। उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग भइरहेको छ”, उनले भने।
" /> काठमाडौं। जेठ दोस्रो सातातिर वीरगञ्जको नारायणी अस्पतालबाट एकैदिन ४३ कोरोना संक्रमित डिस्चार्ज भए। कोरोना संक्रमणको हटस्पट बनेको अस्पतालले छोटो समयमै धेरै विरामीको उपचार गर्यो। २ नम्बर प्रदेशमा कोरोना संक्रमण भयावह अवस्था आउने जनस्वास्थ्य विज्ञहरूले चेतावनी दिइरहेका थिए। तर, उनीहरूले भनेजसरी भयावह अवस्था आएन्। लकडाउन, भारतसँगको सीमा नाकामा कडाइका कारण त्यो भयावह अवस्था रोकियो।तर, अहिले भने कोरोना हटस्पट बनेको छ। अहिलेसम्म १९ जनाको मृत्यु भएको छ। पाँच हजार ९ जना कोरोना संक्रमित देखिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार पर्सामा मात्रै १२ जनाको मृत्यु भएको छ। त्यस्तै रौतहट र बारामा २/२ जनाको मृत्यु भएको छ।

">