कैलाली। सुदूरपश्चिम प्रदेशमा चार हजार ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म चार हजार ६५८ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
संक्रमितहरूमा एक हजार १२७ महिला र तीन हजार ५३१ जना पुरूष छन्।
महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा एक हजार २७२, कञ्चनपुरमा ५८१, डडेलधुरामा ३०१, डोटीमा ७३०, अछाममा ६९९, बाजुरामा ४४९, बैतडीमा ३१९, बझाङमा २६९ र दार्चुलामा ३८ जना संक्रमित फेला परेका छन्।
यस प्रदेशबाट अहिलेसम्म तीन हजार २७६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा हाल ५५५ जना उपचारका लागि भर्ना भएका छन्।
प्रदेशका विभिन्न क्वारेन्टाइनमा एक हजार ५१५ जना पुरुष र ५४५ जना महिला गरि दुई हजार ९६ जना छन्।
कोरोना संक्रमण देखिएकामध्ये ९ जनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुरा र बझाङका दुई/दुई साथै अछामका एकजना छन्।
उनीहरूमध्ये ६ जनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो। अर्का एकजनाले आफू संक्रमित भएको थहा पाएपछि आत्महत्या गरेका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा चार हजार ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।संक्रमितहरूमा एक हजार १२७ महिला र तीन हजार ५३१ जना पुरूष छन्।

">