काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड-१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपील गरेका छन्।
पछिल्लो समय सरकारले लकडाउन हटाएपछि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ। संक्रमणबाट जोगिन एक अर्काबीच दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ। तर यहाँ मानिसहरुको भीडभाड बढ्न थालेपछि भ्याण्डेलरले दूरी कायम गर्न अपील गरेका हुन्।
खोक्दा वा छुँदा अर्को व्यक्तिमा संक्रमण भइरहेको हुँदा एक अर्काबीच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन पनि भ्याण्डेलरले सुझाएका छन्। उनले कम्तीमा १ मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्नेतर्फ ध्यान दिन आग्रह पनि गरे।
त्यस्तै मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ त्यस्तो बानी बसाल्न आवश्यक देखिएको उनको भनाइ छ।
" /> काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड-१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपील गरेका छन्।पछिल्लो समय सरकारले लकडाउन हटाएपछि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ। संक्रमणबाट जोगिन एक अर्काबीच दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ। तर यहाँ मानिसहरुको भीडभाड बढ्न थालेपछि भ्याण्डेलरले दूरी कायम गर्न अपील गरेका हुन्।

">