काठमाडौं। अक्सफोर्ड युनिभर्सिटीले बनाएको भ्याक्सिनको दोस्रो र तेस्रो ‘ह्युमन क्लिनिकल ट्रायल’ गर्ने अनुमति भारतले पाएको छ। यस्तो परीक्षणको स्वीकृति सिरम इन्स्टिच्युट अफ इन्डियालाई दिइएको ड्रग्स कन्ट्रोल जनरल अफ इन्डिया (डीसीजीआई)ले बताएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार, गहन मूल्याङ्नपछि डीसीजीआईले सब्जेक्ट एक्सपर्ट कमिटीको सिफारिसमा सिरमलाई यस्तो स्वीकृति दिएको एक अधिकारीले जानकारी दिएका हुन्। हरेक बिरामीलाई चार साताभित्र दुई डोज (पहिलो दिन पहिलो पटक र दोस्रो डोज २९ दिनपछि) औषधि दिइने छ। त्यसपछि सुरक्षा र प्रतिरोध क्षमताको मूल्याङ्कन गरिने छ।
सिरम इन्स्टिच्युट अफ इन्डियाले मुलुकमा अक्सफोर्डको कोरोना भाइरस भ्याक्सिन बनाउनका लागि एस्ट्राजेनेकासँग साझेदारी गरेको छ। र, यसको नाम ‘कोभिसिल्ड’ राखिएको छ। (बीबीसी)
" /> काठमाडौं। अक्सफोर्ड युनिभर्सिटीले बनाएको भ्याक्सिनको दोस्रो र तेस्रो ‘ह्युमन क्लिनिकल ट्रायल’ गर्ने अनुमति भारतले पाएको छ। यस्तो परीक्षणको स्वीकृति सिरम इन्स्टिच्युट अफ इन्डियालाई दिइएको ड्रग्स कन्ट्रोल जनरल अफ इन्डिया (डीसीजीआई)ले बताएको छ।समाचार एजेन्सी एएनआईका अनुसार, गहन मूल्याङ्नपछि डीसीजीआईले सब्जेक्ट एक्सपर्ट कमिटीको सिफारिसमा सिरमलाई यस्तो स्वीकृति दिएको एक अधिकारीले जानकारी दिएका हुन्। हरेक बिरामीलाई चार साताभित्र दुई डोज (पहिलो दिन पहिलो पटक र दोस्रो डोज २९ दिनपछि) औषधि दिइने छ। त्यसपछि सुरक्षा र प्रतिरोध क्षमताको मूल्याङ्कन गरिने छ।
सिरम इन्स्टिच्युट अफ इन्डियाले मुलुकमा अक्सफोर्डको कोरोना भाइरस भ्याक्सिन बनाउनका लागि एस्ट्राजेनेकासँग साझेदारी गरेको छ। र, यसको नाम ‘कोभिसिल्ड’ राखिएको छ। (बीबीसी)
">