म्याग्दी। हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी अस्पतालमा हिजोदेखि निःशुक डायलासिस सेवा शुरू भएको छ। यसबाट मिर्गौला पीडितले नियमित डायलासिस गर्न जिल्ला बाहिरका सरकारी र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरणसहित तालिमप्राप्त चिकित्सकको व्यवस्था गरेर सेवा शुरू गरेको हो। हिजो दुई मिर्गौला पीडितले सेवा लिएका छन्। गण्डकी प्रदेशले उपलब्ध गराएको ४ वडा उपकरण र प्रवासी म्याग्देलीले दिएको दुईवटा मेशिन रहेको अस्पतालमा हेमोडायलासिस युनिटको सेवा शुभारम्भ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटवालले बताए।
डायलासिस यूनिटमा दुई चिकित्सक र चार जना स्टाफ नर्स कार्यरत छन्। युनिटलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार तथा व्यवस्थापनमा प्रदेश सरकारबाट प्राप्त बजेटबाहेक अस्पतालको आन्तरिक स्रोतलाई समेत परिचालन गरिएको छ। पहिलो चरणमा तीन वटा शय्या सञ्चालन गरिएको छ।
एकदिनमा ६ जना बिरामीले सेवा लिन सक्नेछन्। ६ वटा उपकरणबाट दुई पटक १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने भए पनि तत्काल दुईवटा पुरानो मेशिन भएकाले सञ्चालनका लागि केही उपकरणको अभाव रहेको अस्पतालका प्रमुख डा. अमृत अधिकारीले बताए। रासस
" /> म्याग्दी। हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी अस्पतालमा हिजोदेखि निःशुक डायलासिस सेवा शुरू भएको छ। यसबाट मिर्गौला पीडितले नियमित डायलासिस गर्न जिल्ला बाहिरका सरकारी र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरणसहित तालिमप्राप्त चिकित्सकको व्यवस्था गरेर सेवा शुरू गरेको हो। हिजो दुई मिर्गौला पीडितले सेवा लिएका छन्। गण्डकी प्रदेशले उपलब्ध गराएको ४ वडा उपकरण र प्रवासी म्याग्देलीले दिएको दुईवटा मेशिन रहेको अस्पतालमा हेमोडायलासिस युनिटको सेवा शुभारम्भ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटवालले बताए।

">