काठमाडौं। अस्ट्रेलियाको भिक्टोरिया राज्यले कोरोना भाइरस संक्रमणको दोस्रो लहर आएपछि आपत्काल घोषणा गर्दै लकडाउनको नयाँ मोडल अपनाएको छ।
स्थानीय समयअनुसार आज मध्यरातबाट सुरू हुने लकडाउनको नयाँ मोडलअनुसार भिक्टोरियाको राजधानी मेलबर्नमा राति कर्फ्यु लगाइनेछ।
यसका साथै मेलबर्नवासीलाई अन्य समयमा पनि घर बाहिर निस्कन धेरै अवरोधहरू लागू गरिनेछन्।
कोरोना भाइरस संक्रमणको महामारी रोक्ने काममा अन्य देशको तुलनामा अस्ट्रेलिया निकै सफल देखिएको थियो। तर, पछिल्ला केही सातादेखि भिक्टोरियामा संक्रमणको दोस्रो लहर सुरू भएका कारण अस्ट्रेलियाली प्रशासन चिन्तित बनेको छ।
जुलाईको पूर्वार्द्धमा लकडाउन खुला गरिएपछि अस्ट्रेलियाको दोस्रो बढी जनसंख्या भएको राज्य भिक्टोरियामा संक्रमणको दर तीव्र बनेको थियो।
अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार पुग्न लागिसकेको छ। तीमध्ये २०८ जनाको मृत्यु भइसकेको छ।
संक्रमणको दर दैनिकरूपमा दुई अंकमा झारिसकेको अस्ट्रेलियामा पछिल्ला दिनहरूमा दैनिक ५०० भन्दा बढीमा नयाँ संक्रमण भेटिन थालेको छ। संक्रमितमध्ये अधिकांश भिक्टोरियाका छन्।
" /> काठमाडौं। अस्ट्रेलियाको भिक्टोरिया राज्यले कोरोना भाइरस संक्रमणको दोस्रो लहर आएपछि आपत्काल घोषणा गर्दै लकडाउनको नयाँ मोडल अपनाएको छ।स्थानीय समयअनुसार आज मध्यरातबाट सुरू हुने लकडाउनको नयाँ मोडलअनुसार भिक्टोरियाको राजधानी मेलबर्नमा राति कर्फ्यु लगाइनेछ।

">