काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्नसक्ने गरी प्रयोगशालाको क्षमता बढाइएको बताएका छन्।
कोरोना संक्रमणको परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार स्वाव नमूना परीक्षण गर्न सक्ने गरी प्रयोगशालाको क्षमता बढाइएको मन्त्री ढकालले बताए।
“दैनिक १८ हजार स्वावको नमूना परीक्षण गर्न सक्ने देशभरको प्रयोगशालाको क्षमता छ। हामी प्रतिदिन त्यसको रिपोर्ट दिन सक्छौं। परीक्षणका लागि सामग्री पनि त्यही अनुसार चाहिन्छ भन्ने कुराको हेक्का राखेका छौं,” ढकालले भने।
६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरिरहेको समेत मन्त्री ढकालले बताए।
अहिलेसम्म तीन लाख ७० हजार भन्दा बढीको पीसीआर परीक्षण गरिएको र त्यसलाई बढाएर ६ लाख पुर्याउने तयारी गरिएको उनले बताए। “प्रधानमन्त्रीले संसदमा नै जनसंख्याको दुई प्रतिशतलाई परीक्षणको दायरामा ल्याउँछौं भन्नुभएको थियो। हामीले त्यसलाई ६ लाखको संख्यामा बुझेका छौं। पीसीआर प्रविधिबाट परीक्षण गर्ने सामर्थ्यसहित रहनुपर्छ भन्ने विषयको तयारीमा मन्त्रालय छ,” ढकालले भने।
ठूलो मात्रामा परीक्षण नभएको कारण संक्रमितको संख्या कम देखिएको भन्ने कुरामा भने सत्यता नभएको स्वास्थ्य मन्त्रीको दावी छ। “परीक्षण नगरेको कारणले अथवा परीक्षण कम गरेको कारणले रिपोर्ट कम भयो भन्ने कुरा सत्य होइन। त्यो यथार्थमा आधारित छैन। पुग्नुपर्ने सबैठाउँमा पुगेर परीक्षण गरिएको छ, ”उनले भने। काठमाडौं उपत्यकामा फैलिएको संक्रमण नियन्त्रणको लागि नयाँ रणनीति बनाएको पनि उनले बताए।
बाहिरी जिल्लाबाट उपत्यकाभित्र आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरा बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइने उनले बताए। काठमाडौंमा कोराना संक्रमण नियन्त्रण गर्नै नसक्ने गरी बढ्न सक्ने भएकाले समयमै सचेत हुनुपर्ने उनले बताए। “काठमाडौंमा आगो सल्कियो भने त्यो डढेलो निभाउने कुरा गाउँमा वा सानो शहरमा भन्दा पनि विस्फोटक हुनसक्छ, ”मन्त्री ढकालले भने।
सरकारले लागू गरेका नियम र मापदण्डहरुलाई पालना नगर्दा फेरि संक्रमणको स्थिति बढ्ने अवस्था देखिएको उनले बताए। लकडाउन खुकुलो भएपछि मानिसहरूको चहलपहल बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको उनले बताए।
काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको ढकालले बताए। संक्रमण बढी देखिएका जिल्लाहरुलई अनुगमन र मूल्याङ्कन गरी कडाई गर्ने र जिल्ला स्तरिय लकडाउनलाई कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिएको उनले बताए।
सीमा बाहिरबाट आउने व्यक्तिहरूलाई होल्डिङ सेन्टरमा राख्ने र परीक्षण गराउने काम भएको दाबी ढकालले गरे। विदेशबाट जहाजमा आउनेहरुलाई पनि ५ दिनसम्म काठमाडौंमा राखेर परीक्षण गरेपछि मात्रै स्थानीय क्वारेन्टाइनमा पठाउने व्यवस्था गरिएकाले जोखिम कम भएको ढकालले दावी छ।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्नसक्ने गरी प्रयोगशालाको क्षमता बढाइएको बताएका छन्।कोरोना संक्रमणको परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार स्वाव नमूना परीक्षण गर्न सक्ने गरी प्रयोगशालाको क्षमता बढाइएको मन्त्री ढकालले बताए।

">