काठमाडौं। गण्डकी प्रदेशका थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पाँच जिल्लामा थप संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशक डा. विनोदविन्दु शर्माको हस्ताक्षरमा जारी विज्ञप्ति अनुसार स्याङ्जाका आठ, कास्कीका ६, लमजुङका तिन, तनहुँका दुई र बागलुङका एकजनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
२५ देखि ६२ वर्ष उमेर समूहका उनीहरूमध्ये चारजना पुरुष छन्। नयाँ संक्रमण पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ।
आज थप भएकासहित प्रदेशभर कूल संक्रमित संख्या एक हजार ५०५ पुगेको छ। तीमध्ये एक हजार २४५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
" /> काठमाडौं। गण्डकी प्रदेशका थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पाँच जिल्लामा थप संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

">