काठमाडौं। स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण बढ्न थालेपछि नेपाल चिकित्सक संघ कोशीले आकस्मिक बाहेक सबै सेवा बन्द गर्न निजी क्लिनिक तथा अस्पतालहरूलाई आग्रह गरेको छ।
संघका अध्यक्ष डा. फरवार्ड सिलवालले प्रेस विज्ञप्ति जारी गरी टेलिफोन तथा अन्य प्रविधिमार्फत सेवा दिन चिकित्सकहरूलाई आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, 'हाल चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिरहेको अवस्थामा सम्पूर्ण अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकहरुमा समेत आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरी घरबाटै बिरामीहरूलाई स्वास्थ्य परामर्श प्रदान गरिदिनु हुन अनुरोध गर्दछौं।'
कोरोना संक्रमितहरू बढेपछि विराटनगर महानगर क्षेत्रमा हिजोदेखि लकडाउन गरिएको छ।
नेपाल चिकित्सक संघले विराटनगरमा कोभिड-१९ तीब्र रूपमा फैलिरहेको र संक्रमणको स्रोत पनि पहिचान नहुने अवस्थाले समुदायसम्म संक्रमण पुगिसकेको भन्दै भयावह अवस्था आउन नदिन लकडाउन कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरिएको छ।
" /> काठमाडौं। स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण बढ्न थालेपछि नेपाल चिकित्सक संघ कोशीले आकस्मिक बाहेक सबै सेवा बन्द गर्न निजी क्लिनिक तथा अस्पतालहरूलाई आग्रह गरेको छ।संघका अध्यक्ष डा. फरवार्ड सिलवालले प्रेस विज्ञप्ति जारी गरी टेलिफोन तथा अन्य प्रविधिमार्फत सेवा दिन चिकित्सकहरूलाई आग्रह गरेका छन्।

">