तनहुँ। मास्क प्रयोग नगरी हिँडडुल गर्ने ३३० जनालाई प्रहरीले कारवाही गरेको छ।
बुधबारदेखि शनिबारसम्म ती व्यक्तिलाई कारवाही गर्दा ३३ हजार राजस्व सङ्कलन भएको छ।
प्रहरीले शनिबार १००, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार १०० लाई कारवाही गरेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।
“जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो”, उनले भने, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छौँ।”
कारवाहीमा परेकालाई कोरोना भाइरस संक्रमणबाट बच्ने उपायका बारेमा सचेत गराएर छाड्ने गरिएको छ। रासस
" /> तनहुँ। मास्क प्रयोग नगरी हिँडडुल गर्ने ३३० जनालाई प्रहरीले कारवाही गरेको छ।बुधबारदेखि शनिबारसम्म ती व्यक्तिलाई कारवाही गर्दा ३३ हजार राजस्व सङ्कलन भएको छ।

">