लकडाउन खुलेपछि बढे काेराेना संक्रमित
काठमाडौं। लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्या वृद्धि भएको छ।

लकडाउन खुल्नुअघिको ११ दिन र लकडाउन खुलेपछिको ११ दिन (साउन ७–१७)को तुलना गर्दा संक्रमितको संख्यामा ०.८ प्रतिशतले वृद्धि भएको हो।

लकडाउन खुल्नुअघिको ११ दिनमा ४७ हजार ८७७ नमुनाको पीसीआर परीक्षणमा एक हजार ३४५ जनामा संक्रमण देखिएको थियो। यो भनेको २.८ प्रतिशत हो।

त्यस्तै लकडाउन खुलेको ११ दिनसम्म ५८ हजार १७४ नमुनाको पीसीआर परीक्षणमा दुई हजार ९२ जना नयाँ संक्रमित देखिएका थिए। यो भनेको ३.६ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्