मेक्सिको कोरोनाबाट सर्वाधिक मृत्यु हुने सूचीको तेस्रो स्थानमा
<p>काठमाडौं। कोरोना भाइरसका कारण सर्वाधिक मृत्यु हुने देशको सूचीमा मेक्सिको तेस्रो स्थानमा पुगेको छ। मेक्सिकोमा शुक्रबारसम्म ४६ हजार ६ सय ८८ जनाको कोरोना भाइरस कै कारण मृत्यु भइसकेको छ। </p>
<p>मेक्सिकोले बेलायतलाई उछिन्दै तेस्रो स्थानमा पुगेको रोएटर्सले बताएको छ। शुक्रबार मात्रै मेक्सिकोको स्वास्थ्य मन्त्रालयले ८ हजार ४ सय ५८ नयाँ संक्रमित दर्ता गरेको छ। हालसम्म मेक्सिकोमा ४ लाख २४ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ।</p>
<p>मेक्सिको सरकारले कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या यो तथ्याङ्कभन्दा बढि हुन सक्नेसमेत बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
