काठमाडौं। खुल्ला मुख राख्न, मानिसहरूसँग आनन्दले कुराकानी गर्न अनि अनुहार राम्ररी चिन्ने हुन कसलाई रहर नलागेको होला? तर, कोभिड-१९को डरले मानिसहरू आफ्ना रहरहरू लामो समयदेखि मार्दै आइरहेका छन्। कोरोनाबाट बचाउने भ्याक्सिनको खोजी अझैँ चलिरहेको छ।

तथापि, यसले अन्तिम र सफल नतिजा ल्याउने विश्वास गर्न थालिएको छ। संसारभरका सयौं कम्पनी भ्याक्सिन निर्माणमा लागिपरेका छन्। हजारौं चिकित्सक, शोधकर्ता, वैज्ञानिक दिनरात यही भ्याक्सिनको खोजमा खटिएका छन्। यो मेहनतले दुनियाँमा अब छिट्टै कोरोनाको विषाणुविरुद्धको भ्याक्सिन उपलब्ध हुने छ।

भ्याक्सिन निर्माण भएपछि सर्वप्रथम त्यसको प्रयोग कसले गर्न पाउला भन्ने प्रश्न पनि उठिरहेको छ। जसले पहिलो प्रयोग गर्न पाए पनि संसारभरबाट कोरोनाको जीवाणु नष्ट नभएसम्म भ्याक्सिनले मात्र मानिसलाई सुरक्षित राख्न सक्ने छैन। यसकारण पनि मानिसका अनुहारबाट मास्क कहिले हट्ला भनी अहिले नै अनुमान गर्न सकिँदैन।

शुरूमा चीनको वुहानमा यो भाइरस पल्कँदा संसारका अन्य देशका मानिस र सरकार यसलाई चीनको मात्रै दुःख मानिरहेका थिए। तर, यसले पूरै संसार हल्लाइदियो। लाखौं मानिसको ज्यान लियो भने अहिले पनि मृत्युसँग सङ्घर्ष गरिरहेका लाखौं छन्। संसारको कुनै सानो कुनामा मात्रै पनि यो विषाणु जीवित रहेका खण्डमा यो फैलिएर जता पनि पुग्न सक्ने कुरा प्रमाणित भइसकेको छ। यही कारण पनि मानिसहरू आगामी धेरै वर्षसम्म मास्करहित हुन पाउने छैनन्।

बायलर कलेज अफ मेडिसिन, ह्युस्टन टेक्ससकी भ्याक्सिन डेभलपर मारिया एलेनाको एउटा वक्तव्य ‘साइन्स इन्साइडर’मा प्रकाशित छ। त्यसमा उनले भ्याक्सिन लगाउँदैमा मानिसहरूले मास्कबाट मुक्ति पाउने छैनन् भन्ने उल्लेख गरेकी छन्। उनी लेख्छिन्, ‘‘भ्याक्सिन लगाउनुको अर्थ मास्क उतारेर फाल्नु होइन। भ्याक्सिनले मानिसको शरीरमा जादु गरेजस्तै असर गर्ने पनि होइन। किनकि यो भाइरस नियन्त्रण गर्नका लागि हतारमा तयार पारिएको भ्याक्सिन हुने छ, जसले सङ्क्रमण रोक्न मद्दत गर्ने छ।’’

उनी थप्छिन्, ‘‘हामीले त्यो दिशामा काम गर्नुपर्छ र यस्तो भ्याक्सिन बनाउनु पर्छ, जसले भाइरसलाई पूरै नष्ट गर्न सकोस्।’’ नेपाललगायत कतिपय मुलुकमा सरकारले लकडाउन खुकुलाे बनाउँदासाथ मानिसहरू बिनामास्क शहर-बजारमा निस्कन थालेका छन्। नेपालमा सार्वजनिक यातायातका साधनमा न त स्यानिटाइजरको व्यवस्था गरिएको छ, न त यात्रुले नै उचित ढङ्गमा मास्क नै लगाएका छन्। यसले सङ्क्रमण वृद्धिको आँकडा भयावह बन्ने खतरा छ।

विश्व स्वास्थ्य सङ्गठनका साथै भ्याक्सिन निर्माणमा जुटेका वैज्ञानिकहरू मास्क अनिवार्य रहेको बताउँदै आएका छन्। भ्याक्सिन लगाउँदैमा कोरोना जीवाणु वातावरणमा नष्ट हुने होइन, यसकारण पनि मास्क लगाउनु, व्यक्तिगत स्वास्थ्यमा ध्यान केन्द्रित गर्नुको विकल्प ब्रह्मान्डका मानिसमा यतिखेर छैन।

" /> काठमाडौं। खुल्ला मुख राख्न, मानिसहरूसँग आनन्दले कुराकानी गर्न अनि अनुहार राम्ररी चिन्ने हुन कसलाई रहर नलागेको होला? तर, कोभिड-१९को डरले मानिसहरू आफ्ना रहरहरू लामो समयदेखि मार्दै आइरहेका छन्। कोरोनाबाट बचाउने भ्याक्सिनको खोजी अझैँ चलिरहेको छ।

तथापि, यसले अन्तिम र सफल नतिजा ल्याउने विश्वास गर्न थालिएको छ। संसारभरका सयौं कम्पनी भ्याक्सिन निर्माणमा लागिपरेका छन्। हजारौं चिकित्सक, शोधकर्ता, वैज्ञानिक दिनरात यही भ्याक्सिनको खोजमा खटिएका छन्। यो मेहनतले दुनियाँमा अब छिट्टै कोरोनाको विषाणुविरुद्धको भ्याक्सिन उपलब्ध हुने छ।

भ्याक्सिन निर्माण भएपछि सर्वप्रथम त्यसको प्रयोग कसले गर्न पाउला भन्ने प्रश्न पनि उठिरहेको छ। जसले पहिलो प्रयोग गर्न पाए पनि संसारभरबाट कोरोनाको जीवाणु नष्ट नभएसम्म भ्याक्सिनले मात्र मानिसलाई सुरक्षित राख्न सक्ने छैन। यसकारण पनि मानिसका अनुहारबाट मास्क कहिले हट्ला भनी अहिले नै अनुमान गर्न सकिँदैन।

शुरूमा चीनको वुहानमा यो भाइरस पल्कँदा संसारका अन्य देशका मानिस र सरकार यसलाई चीनको मात्रै दुःख मानिरहेका थिए। तर, यसले पूरै संसार हल्लाइदियो। लाखौं मानिसको ज्यान लियो भने अहिले पनि मृत्युसँग सङ्घर्ष गरिरहेका लाखौं छन्। संसारको कुनै सानो कुनामा मात्रै पनि यो विषाणु जीवित रहेका खण्डमा यो फैलिएर जता पनि पुग्न सक्ने कुरा प्रमाणित भइसकेको छ। यही कारण पनि मानिसहरू आगामी धेरै वर्षसम्म मास्करहित हुन पाउने छैनन्।

बायलर कलेज अफ मेडिसिन, ह्युस्टन टेक्ससकी भ्याक्सिन डेभलपर मारिया एलेनाको एउटा वक्तव्य ‘साइन्स इन्साइडर’मा प्रकाशित छ। त्यसमा उनले भ्याक्सिन लगाउँदैमा मानिसहरूले मास्कबाट मुक्ति पाउने छैनन् भन्ने उल्लेख गरेकी छन्। उनी लेख्छिन्, ‘‘भ्याक्सिन लगाउनुको अर्थ मास्क उतारेर फाल्नु होइन। भ्याक्सिनले मानिसको शरीरमा जादु गरेजस्तै असर गर्ने पनि होइन। किनकि यो भाइरस नियन्त्रण गर्नका लागि हतारमा तयार पारिएको भ्याक्सिन हुने छ, जसले सङ्क्रमण रोक्न मद्दत गर्ने छ।’’

उनी थप्छिन्, ‘‘हामीले त्यो दिशामा काम गर्नुपर्छ र यस्तो भ्याक्सिन बनाउनु पर्छ, जसले भाइरसलाई पूरै नष्ट गर्न सकोस्।’’ नेपाललगायत कतिपय मुलुकमा सरकारले लकडाउन खुकुलाे बनाउँदासाथ मानिसहरू बिनामास्क शहर-बजारमा निस्कन थालेका छन्। नेपालमा सार्वजनिक यातायातका साधनमा न त स्यानिटाइजरको व्यवस्था गरिएको छ, न त यात्रुले नै उचित ढङ्गमा मास्क नै लगाएका छन्। यसले सङ्क्रमण वृद्धिको आँकडा भयावह बन्ने खतरा छ।

विश्व स्वास्थ्य सङ्गठनका साथै भ्याक्सिन निर्माणमा जुटेका वैज्ञानिकहरू मास्क अनिवार्य रहेको बताउँदै आएका छन्। भ्याक्सिन लगाउँदैमा कोरोना जीवाणु वातावरणमा नष्ट हुने होइन, यसकारण पनि मास्क लगाउनु, व्यक्तिगत स्वास्थ्यमा ध्यान केन्द्रित गर्नुको विकल्प ब्रह्मान्डका मानिसमा यतिखेर छैन।

"> कहिले हट्ला मानिसका अनुहारबाट मास्क ?: Dekhapadhi
कहिले हट्ला मानिसका अनुहारबाट मास्क ?
काठमाडौं। खुल्ला मुख राख्न, मानिसहरूसँग आनन्दले कुराकानी गर्न अनि अनुहार राम्ररी चिन्ने हुन कसलाई रहर नलागेको होला? तर, कोभिड-१९को डरले मानिसहरू आफ्ना रहरहरू लामो समयदेखि मार्दै आइरहेका छन्। कोरोनाबाट बचाउने भ्याक्सिनको खोजी अझैँ चलिरहेको छ।

तथापि, यसले अन्तिम र सफल नतिजा ल्याउने विश्वास गर्न थालिएको छ। संसारभरका सयौं कम्पनी भ्याक्सिन निर्माणमा लागिपरेका छन्। हजारौं चिकित्सक, शोधकर्ता, वैज्ञानिक दिनरात यही भ्याक्सिनको खोजमा खटिएका छन्। यो मेहनतले दुनियाँमा अब छिट्टै कोरोनाको विषाणुविरुद्धको भ्याक्सिन उपलब्ध हुने छ।

भ्याक्सिन निर्माण भएपछि सर्वप्रथम त्यसको प्रयोग कसले गर्न पाउला भन्ने प्रश्न पनि उठिरहेको छ। जसले पहिलो प्रयोग गर्न पाए पनि संसारभरबाट कोरोनाको जीवाणु नष्ट नभएसम्म भ्याक्सिनले मात्र मानिसलाई सुरक्षित राख्न सक्ने छैन। यसकारण पनि मानिसका अनुहारबाट मास्क कहिले हट्ला भनी अहिले नै अनुमान गर्न सकिँदैन।

शुरूमा चीनको वुहानमा यो भाइरस पल्कँदा संसारका अन्य देशका मानिस र सरकार यसलाई चीनको मात्रै दुःख मानिरहेका थिए। तर, यसले पूरै संसार हल्लाइदियो। लाखौं मानिसको ज्यान लियो भने अहिले पनि मृत्युसँग सङ्घर्ष गरिरहेका लाखौं छन्। संसारको कुनै सानो कुनामा मात्रै पनि यो विषाणु जीवित रहेका खण्डमा यो फैलिएर जता पनि पुग्न सक्ने कुरा प्रमाणित भइसकेको छ। यही कारण पनि मानिसहरू आगामी धेरै वर्षसम्म मास्करहित हुन पाउने छैनन्।

बायलर कलेज अफ मेडिसिन, ह्युस्टन टेक्ससकी भ्याक्सिन डेभलपर मारिया एलेनाको एउटा वक्तव्य ‘साइन्स इन्साइडर’मा प्रकाशित छ। त्यसमा उनले भ्याक्सिन लगाउँदैमा मानिसहरूले मास्कबाट मुक्ति पाउने छैनन् भन्ने उल्लेख गरेकी छन्। उनी लेख्छिन्, ‘‘भ्याक्सिन लगाउनुको अर्थ मास्क उतारेर फाल्नु होइन। भ्याक्सिनले मानिसको शरीरमा जादु गरेजस्तै असर गर्ने पनि होइन। किनकि यो भाइरस नियन्त्रण गर्नका लागि हतारमा तयार पारिएको भ्याक्सिन हुने छ, जसले सङ्क्रमण रोक्न मद्दत गर्ने छ।’’

उनी थप्छिन्, ‘‘हामीले त्यो दिशामा काम गर्नुपर्छ र यस्तो भ्याक्सिन बनाउनु पर्छ, जसले भाइरसलाई पूरै नष्ट गर्न सकोस्।’’ नेपाललगायत कतिपय मुलुकमा सरकारले लकडाउन खुकुलाे बनाउँदासाथ मानिसहरू बिनामास्क शहर-बजारमा निस्कन थालेका छन्। नेपालमा सार्वजनिक यातायातका साधनमा न त स्यानिटाइजरको व्यवस्था गरिएको छ, न त यात्रुले नै उचित ढङ्गमा मास्क नै लगाएका छन्। यसले सङ्क्रमण वृद्धिको आँकडा भयावह बन्ने खतरा छ।

विश्व स्वास्थ्य सङ्गठनका साथै भ्याक्सिन निर्माणमा जुटेका वैज्ञानिकहरू मास्क अनिवार्य रहेको बताउँदै आएका छन्। भ्याक्सिन लगाउँदैमा कोरोना जीवाणु वातावरणमा नष्ट हुने होइन, यसकारण पनि मास्क लगाउनु, व्यक्तिगत स्वास्थ्यमा ध्यान केन्द्रित गर्नुको विकल्प ब्रह्मान्डका मानिसमा यतिखेर छैन।

प्रतिक्रिया दिनुहोस्