कैलाली। सुदूरपश्चिममा आज २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा २६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा २७१ जनाको कोरोना परीक्षण गरिएको थियो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका ८ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको छ। टीकापुरका एक महिला र ६ पुरुष गरी सात जनामा पनि कोरोना पुष्टि भएको उनले बताए।
सूचना अधिकारी श्रेष्ठका अनुसार बझाङको मष्टा–१ का २० बर्षीय पुरुष, छब्बिसपाथिभेरा गाउँपालिका-७ का ४२ बर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका-१७ का २५ बर्षीय पुरुषमा कोरोना देखिएको छ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार २९२ पुगेको छ भने तिन हजार ८ जना डिस्चार्ज भएका छन्।
" /> कैलाली। सुदूरपश्चिममा आज २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा २६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।पछिल्लो २४ घण्टामा २७१ जनाको कोरोना परीक्षण गरिएको थियो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका ८ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको छ। टीकापुरका एक महिला र ६ पुरुष गरी सात जनामा पनि कोरोना पुष्टि भएको उनले बताए।

">