काठमाडौं। चीनको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमित भेटिएयता हालसम्म विश्वमा ३३ करोड ४२ लाख २३ हजार ९३४ जनाले कोरोना परीक्षण गरेका छन्।
विश्वमा अहिले सात अर्ब ८० करोड जनसंख्या रहेको अनुमान छ। विश्वको कूल जनसंख्यामध्ये ४.२८ प्रतिशतले कोरोना परीक्षण गरेका छन्।
सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तको राजधानी वुहानमा कोरोना भाइरस पहिलोपटक देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २१३ देश तथा क्षेत्रमा फैलिसकेको छ।
वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार परीक्षण गरिएकामध्ये एक करोड ७४ लाख ७७ हजार ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कूल संक्रमितमध्ये एक करोड ९ लाख ४० हजार ३७७ जना (६२.५९ प्रतिशत) उपचारपछि निको भइसकेका छन्।
संक्रमितमध्ये आज बिहानसम्म ६ लाख ७६ हजार ७९७ जना (३.८७ प्रतिशत)को मृत्यु भइसकेको छ। कूल संक्रमितमध्ये हाल विश्वका विभिन्न अस्पताल तथा घरमै बसेर ५८ लाख ६० हजार २४५ जना (३३.५३ प्रतिशत) उपचारत छन्।
विश्वमा सबैभन्दा बढी कोरोना भाइरसको परीक्षण चीनमा भएको छ। चीनमा हालसम्म नौ करोड चार लाख १० हजार जनाको परीक्षण गरिसकिएको छ। यो भनेको विश्वमा कूल परीक्षण गरिएकाको २७.०५ प्रतिशत हो। विश्वमा रहेका कूल कोरोना संक्रमितमध्ये ०.४८ प्रतिशत चीनमा रहेका छन्।
चीनपछि दोस्रो ठूलो संख्यामा कोरोना परीक्षण अमेरिकामा भएको छ। अमेरिकामा हालसम्म पाँच करोड ७५ लाख २१ हजार १४४ जनाको कोरोना परीक्षण गरिएको छ। विश्वमा गरिएका कूल परीक्षणमध्ये १७.२१ प्रतिशत अमेरिकामा रहेको छ। विश्वमा रहेका कूल कोरोना संक्रमितमध्ये २६.५१ प्रतिशत अमेरिकामा रहेका छन्।
कोरोना परीक्षण गर्ने तेस्रो ठूलो संख्या रूसमा छ। रूसमा हालसम्म दुई करोड ७५ लाख ६९ हजार ६४६ जनामा कोरोना परीक्षण गरिएको छ। विश्वमा गरिएका कूल परीक्षणमध्ये ८.२४ प्रतिशत रूसमा भएको छ। विश्वमा रहेका कूल कोरोना संक्रमितमध्ये ४.७७ प्रतिशत रूसमा रहेका छन्।
कोरोना परीक्षण गर्ने चौथो ठूलो संख्या भारतमा छ। भारतमा हालसम्म एक करोड ८८ लाख ३२ हजार ९७० जनाको कोरोना परीक्षण गरिएको छ। विश्वमा गरिएका कूल परीक्षणमध्ये ५.६३ प्रतिशत भारतमा रहेका छन्। विश्वमा रहेका कूल कोरोना संक्रमितमध्ये ९.४० प्रतिशत भारतमा छन्।
कोरोना परीक्षण गर्ने पाँचौ ठूलो संख्या बेलायतमा रहेको छ। बेलायतमा हालसम्म एक करोड ५७ लाख ३८ हजार ७३५ जनाको कोरोना परीक्षण गरिएको छ। विश्वमा गरिएको कूल कोरोना परीक्षणमध्ये ४.७० प्रतिशत बेलायतमा भएको छ। विश्वमा रहेका कूल कोरोना संक्रमितमध्ये बेलायतमा १.७२ प्रतिशत रहेका छन्।
कोरोना परीक्षण गर्ने छैठौं ठूलो संख्या ब्राजिलमा रहेको छ। ब्राजिलमा हालसम्म १ करोड २६ लाख १ हजार ९६ जनाले कोरोना परीक्षण गरेका छन्। विश्वमा कोरोना परीक्षण गर्ने कूल संख्याको ३.७७ प्रतिशत ब्राजिलमा रहेका छन्। विश्वमा रहेका कूल कोरोना संक्रमितमध्ये १४.९५ प्रतिशत ब्राजिलमा रहेका छन्।
यस्तै हालसम्म जर्मनीमा ८० लाख ६ हजार १३५, इटालीमा ६७ लाख ५२ हजार १६९, स्पेनमा ६६ लाख ७८ हजार ४१४ र युनाइटेड अरब इमिरेट्स (यूएई)मा ५० लाख २१ हजार ६५७ जनाको कोरोना परीक्षण गरिएको छ।
सबैभन्दा बढी कोरोना परीक्षण गर्ने सूचीको ५२औं नम्बरमा नेपाल रहेको छ। नेपालमा हालसम्म ६ लाख ७७ हजार ५० जनाको कोरोना परीक्षण गरिएको छ।
विश्वमा गरिएका कूल कोरोना परीक्षणमध्ये ०.२० प्रतिशत नेपालमा रहेका छन्। विश्वमा रहेका कूल कोरोना संक्रमितमध्ये ०.११ प्रतिशत नेपालमा रहेका छन्।
" /> काठमाडौं। चीनको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमित भेटिएयता हालसम्म विश्वमा ३३ करोड ४२ लाख २३ हजार ९३४ जनाले कोरोना परीक्षण गरेका छन्।विश्वमा अहिले सात अर्ब ८० करोड जनसंख्या रहेको अनुमान छ। विश्वको कूल जनसंख्यामध्ये ४.२८ प्रतिशतले कोरोना परीक्षण गरेका छन्।

">