चितवन। चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई २७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।
रसुवाको टिमुरे भन्सार नाकाबाट सिगात्से सिटीका प्रतिनिधि तथा नेपाल प्रवासी चिनियाँ सङ्घका सदस्य ज्याङ जिङ च्याङ, वाङ ज्यूजाङ, हुई घिङ, डाङलगायतका प्रतिनिधिले भरतपुर महानगरपालिकाका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपाने नेतृत्वको टोलीलाई सामग्री हस्तान्तरण गरेको छ।
भरतपुर महानगरपालिका र चीनको गुर्मुसिटीसँग भगिनी सम्बन्ध कायम रहेको छ भने घाङ् सिटी र सिगारसँग भगिनी सम्बन्ध कायमको प्रक्रियामा रहेको छ ।
सामान प्राप्त भएसँगै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वास्थ्य सामग्रीले कोभिड-१९ सँग लड्न थप हौसला प्रदान बताइन्। तिब्बत प्रान्तमा रहेको सिगात्से सिटीले एन-९५ माक्स एक हजार थान, सर्जिकल मास्क ५० हजार थान, आरडिटी कीट ८०० थान, पिपिई १०० थान, मेडिकल फेस सिल्ड एक हजार थान र सर्जिकल पञ्जा चार हजार थानलगायत स्वास्थ्य सामग्री सहयोग गरेको छ। रासस
" /> चितवन। चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई २७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।रसुवाको टिमुरे भन्सार नाकाबाट सिगात्से सिटीका प्रतिनिधि तथा नेपाल प्रवासी चिनियाँ सङ्घका सदस्य ज्याङ जिङ च्याङ, वाङ ज्यूजाङ, हुई घिङ, डाङलगायतका प्रतिनिधिले भरतपुर महानगरपालिकाका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपाने नेतृत्वको टोलीलाई सामग्री हस्तान्तरण गरेको छ।

">