गण्डकी प्रदेशमा ६ जना कोरोना संक्रमित थपिए

काठमाडौं। गण्डकी प्रदेशका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका एक र म्याग्दीका दुईजना साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा कास्कीका तीनजनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।

२९ देखि ४९ वर्ष उमेर समूहका नयाँ संक्रमितहरूमध्ये एकजना महिला छिन्। उनीहरूलाई उपचारका लागि सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।

निर्देशक डा. विनोदविन्दु शर्माको हस्ताक्षरमा केही बेरअघि जारी विज्ञप्ति अनुसार प्रदेशभर कूल संक्रमित एक हजार ४८५ पुगेका छन्।

तीमध्ये एक हजार २४३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्