जनकपुर। प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि बिहीबार सात करोड रुपैयाँ निकासा गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण गर्न र हाल सञ्चालनमा रहेका आइसोलेसन कक्षको थप व्यवस्थापन, बिरामीको खाना-खाजा र शैय्याको सङ्ख्यामा वृद्धिलगायतका लागि सो रकम निकासा गरेको जनाएको छ।
बाराको सिमरामा कोभिड अस्पताल निर्माण गर्न एक करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शववाहन तथा एम्बुलेन्स खरिदका लागि एक करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाही जिल्लामा आइसोलेसन कक्षको व्यवस्थापनका लागि ७५/७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाका लागि ५०/५० लाख रुपैयाँ निकासा गरिएको छ।
आवश्यकताको आधारमा जिल्लाबाट माग भएबमोजिम थप रकम व्यवस्थापन गरिने कार्यालयले जनाएको छ। रासस
" /> जनकपुर। प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि बिहीबार सात करोड रुपैयाँ निकासा गरेको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण गर्न र हाल सञ्चालनमा रहेका आइसोलेसन कक्षको थप व्यवस्थापन, बिरामीको खाना-खाजा र शैय्याको सङ्ख्यामा वृद्धिलगायतका लागि सो रकम निकासा गरेको जनाएको छ।

">