काठमाडौं। कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्यु भएपछि मोरङको सुनवर्षी नगरपालिकाले ८ नम्बर वडा तीन दिनका लागि 'सिल' गरेको छ।
त्यस वडाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।
कोरोनाबाट मृत्यु भएपछि सर्तकताका लागि भोलिसम्मका लागि वडा 'सिल' गरिएको सुनवर्षी नगरपालिका प्रमुख कालिप्रसाद दासले बताए।
यो अवधिमा मृतक, उनको परिवार र सम्पर्कमा आएकाहरूको विवरण संकलन गरेर कोभिड-१९ परीक्षण गरिनेछ।
मृतकका आफन्तसहित उनलाई अस्पतालसम्म पुर्याउन खटिएका १० जनालाई अहिले क्वारेन्टाइनमा राखिएको छ।
मृत्यु भएका संक्रमित दुई साताअघि भारतबाट आएका थिए। उनकी पत्नीलाई पनि कोरोना संक्रमण देखिएको छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्यु भएपछि मोरङको सुनवर्षी नगरपालिकाले ८ नम्बर वडा तीन दिनका लागि 'सिल' गरेको छ।त्यस वडाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।

">