सिन्धुपाल्चोक। चीनको न्यालम सरकारले सीमा जोडिएको सिन्धुपाल्चोक जिल्लालाई कोरोना भाइरस नियन्त्रण र रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।
केही दिनअघि दुई देशबीच सम्पन्न सीमा सुरक्षा बैठकमा नेपालमा अझै कोरोना भाइरस नियन्त्रणमा नआएकाले स्वास्थ्य सामग्री प्रदान गर्ने जानकारी दिइएको थियो।
यसअघि झण्डै एक करोड बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान प्राप्त गरिएको थियो। सीमावर्ती भोटेकोशी गाउँपालिकालाई समेत न्यालम सरकारको तर्फबाट स्वास्थ्य सामग्री प्राप्त थियो।
बाढीपहिरो पीडितका लागि चीन सरकारले खाद्यान्न, टेन्टलगायत अन्य आवश्यक सामग्रीसमेत सिन्धुपाल्चोकलाई दिने प्रतिबद्धता गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
उनका अनुसार न्यालम सरकारले आज एन-९५ मास्क एक हजार थान र डिस्पोजएबल मेडिकल मास्क १०० थानलगायतका नौ प्रकारका स्वास्थ्य सामग्री प्रदान गर्ने भएको छ।
" /> सिन्धुपाल्चोक। चीनको न्यालम सरकारले सीमा जोडिएको सिन्धुपाल्चोक जिल्लालाई कोरोना भाइरस नियन्त्रण र रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।केही दिनअघि दुई देशबीच सम्पन्न सीमा सुरक्षा बैठकमा नेपालमा अझै कोरोना भाइरस नियन्त्रणमा नआएकाले स्वास्थ्य सामग्री प्रदान गर्ने जानकारी दिइएको थियो।

">