वीरगञ्ज। वीरगञ्ज कारागारमा एक महिलासहित आठजनामा कोरोना संक्रमण भेटिएपछि कारागार 'सिल' गरिएको छ।
कारागार प्रमुख (जेलर) श्रवणकुमार पोखरेलका अनुसार संक्रमित कैदीबन्दीलाई कारागारको हाताभित्र स्थापना गरिएको आइसोलेसन कक्ष (उपचार केन्द्र) मा तथा कर्मचारीलाई समता स्कट्ठलमा स्थापना गरिएको आइसोलेसन कक्षमा राखिएको छ।
एक जना महिला कैदीबन्दीलाई उनकै कोठामा आइसोलेसन बनाएर उपचार भइरहेको छ। अहिले कारागारभित्र प्रशासनिक कामबाहेक सबै काम बन्द रहेको छ।
कारागारभित्र कोरोनाको उच्च जोखिम बढेपछि कैदीबन्दीहरुको सम्पर्कमा आएको आफन्तको स्वाब परीक्षण गर्न उनीहरूको खोजी भइरहेको कारागार प्रशासनले जनाएको छ ।
हाल कारागारमा महिला पुरुष तथा आश्रित बालबालिका गरी एक हजार २१४ कैदीबन्दी छन्। ती कैदीबन्दीलाई अहिले अदालतमा उपस्थित गराउने काम बन्द गरिएको छ।
कारागारमा भारतीय कैदीबन्दी बढी छन्।
कारागारमा कोरोना संक्रमित भेटिएपछि अन्य कैदीबन्दीलाई संक्रमण नहोस् भनेर कारागार 'सिल' तथा भेटघाट बन्द गरिएको छ। रासस
" /> वीरगञ्ज। वीरगञ्ज कारागारमा एक महिलासहित आठजनामा कोरोना संक्रमण भेटिएपछि कारागार 'सिल' गरिएको छ।कारागार प्रमुख (जेलर) श्रवणकुमार पोखरेलका अनुसार संक्रमित कैदीबन्दीलाई कारागारको हाताभित्र स्थापना गरिएको आइसोलेसन कक्ष (उपचार केन्द्र) मा तथा कर्मचारीलाई समता स्कट्ठलमा स्थापना गरिएको आइसोलेसन कक्षमा राखिएको छ।

">