काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड ७४ लाख ५३ हजार ५२ पुगेको छ। हालसम्म संक्रमितमध्ये ६ लाख ७५ हजार ५४७ जनाले ज्यान गुमाइसकेका छन्।
विश्वमा रहेका संक्रमितमध्ये ६२.५७ प्रतिशत अर्थात् एक करोड नौ लाख २१ हजार ६२७ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ५८ लाख ५६ हजार ३३ जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।
नेपालमा हालसम्म १९ हजार ५४७ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमितमध्ये ५२ जनाको मृत्यु भएको छ भने १४ हजार २४८ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। नेपालमा पहिलोपटक गत वर्षको माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म ४६ लाख ३४ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ५५ हजार ७१ जनाको मृत्यु भएको छ।
ब्राजिलमा कोरोना संक्रमित २६ लाख १३ हजार ७८९ जना पुगेका छन्, जसमध्ये ९१ हजार ३७७ जनाको मृत्यु भइसकेको छ।
भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ। भारतका संक्रमितमध्ये ३५ हजार ७८६ जनाको मृत्यु भइसकेको छ।
रूसमा आठ लाख ३४ हजार ४९९ जना कोरोना संक्रमित रहेकोमा १३ हजार ८०२ जनाले ज्यान गुमाइसकेका छन्।
विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रूस, दक्षिण अफ्रिका, मेक्सिको, पेरू, चिली, स्पेन, बेलायत, इरान, कोलम्बिया, पाकिस्तान तथा साउदी अरेबिया रहेका छन्।
" /> काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड ७४ लाख ५३ हजार ५२ पुगेको छ। हालसम्म संक्रमितमध्ये ६ लाख ७५ हजार ५४७ जनाले ज्यान गुमाइसकेका छन्।विश्वमा रहेका संक्रमितमध्ये ६२.५७ प्रतिशत अर्थात् एक करोड नौ लाख २१ हजार ६२७ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ५८ लाख ५६ हजार ३३ जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

">