पछिल्लो २४ घण्टामा नेपालका २२७ कोरोना संक्रमित डिस्चार्ज
<p>काठमाडाैं। विश्‍वभर महामारीको रूप लिएको कोरोना भाइरसबाट नेपालमा पछिल्लो २४ घण्टामा २ सय २७ जना पूर्ण रूपमा निको भएर घर फर्किएका छन्। यससँगै नेपालभर हालसम्म निको भएर घर फर्किनेको संख्या जम्मा १४ हजार २ सय ४८ जना पुगेको छ।</p>
<p>त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्‍वर गाैतमले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
