एकैदिन काठमाडाैंमा ४१ जनामा कोरोना संक्रमण <p>काठमाडौं। काठमाडौं उपत्यकामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।&nbsp;स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्रा डा&nbsp;जागेश्वर गाैतमले&nbsp;काठमाडौंका ३७, भक्तपुरका २ तथा ललितपुरका २&nbsp;जनामा संक्रमण देखिएको जानकारी दिए।</p> <p>राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका २ जना र काठमाडौंका १९ जनामा संक्रमण देखिएको छ। त्यस्तै शुक्रराज सरुवा रोग उपचार केन्द्र टेकुमा काठमाडौंका १३ जना र त्रिवि शिक्षण अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ४ जनामा संक्रमण पुष्टि भएको हो।</p> <p>त्यस्तै नेपाल प्रहरी अस्पतालमा काठमाडौंका तीन जनामा संक्रमण देखिएको हो। त्यस्तै स्टार अस्पतालमा काठमाडौंका २ तथा ललितपुरका २ जनामा कोरोना देखिएको छ। यसका साथै नेपालभर पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा संक्रमण देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्