बाँकेमा आइतबार रातिदेखि निषेधाज्ञा

काठमाडाै‌। जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि तीन दिनका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ।

समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए।

नेपालगञ्जमा समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा कर्मचारीसहित २७ जनामा सङ्क्रमण देखिएपछि आइतबार राति १२ बजेपछि निषेधाज्ञा जारी गर्ने तयारी गरिएको हो।

गत आइतबार कन्टयाक्ट ट्रेसिङ गरी आन्तरिक राजश्‍व कार्यालय नेपालगञ्जबाट ६८, त्रिभुवनचोकको मिठाइ पसल आसपासबाट १ सय १५ र यातायात व्यवस्था कार्यालय क्षेत्रबाट सङ्कलन गरिएको २८ स्वाब परीक्षण गरिएको थियो।

सो परीक्षणका क्रममा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका थप ११ कर्मचारीसहित नेपालगञ्जका २७ जनामा आज सङ्क्रमण देखिएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्