काठमाडौं। काठमाडौं उपत्यकामा कोभिड-१९को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ। लकडाउन खुलेसँगै बाहिरबाट भित्रने मानिसको संख्या र उपत्यकामा पनि भीडभाड बढेसँगै यहाँ दिनहुँ सङ्क्रमित फेला परिरहेका छन्।
दैनिक सङ्क्रमित फेला पर्न थालेपछि जहाँ सङ्क्रमित देखिएका छन् त्यही गएर नमूना सङ्कलनको कार्यलाई इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीव्रता दिएको छ। महाशाखाले पहिले उपत्यकामा समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर परीक्षण गरेकोमा अहिले जुन ठाउँमा सङ्क्रमित देखिएका छन् त्यही ठाउँमा गएर नमूना सङ्कलन गरिने महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।
उपत्यकामा अहिलेसम्म ५७३ जनामा सङ्क्रमण देखिएको छ। साउन १४ गते (बुधबार) २०, साउन १३ गते ५९ र साउन १२ गते ७ जनामा सङ्क्रमण देखिएको छ। नेपाली सेनामा ७९, नेपाल प्रहरीमा २०६ र सशस्त्र प्रहरीमा ९३ जनामा सङ्क्रमण देखिएको छ।
यसअघि उपत्यकामा कोभिड-१९ को सङ्क्रमण समुदायमा छ वा छैन भनेर पाँच हजार जनामा परीक्षण गर्दा तीन जनामा मात्र सङ्क्रमण देखिएको थियो। उनका अनुसार सङ्क्रमित भेटिएका ठाउँमा गई परीक्षणका लागि नमूना सङ्कलन गरिन थालिएको छ।
महाशाखाले आज ज्ञानेश्वर र मैतीदेवी क्षेत्रका २०० जना र तिलगङ्गा आँखा अस्पतालका २० जना स्वास्थ्यकर्मीको नमूना सङ्कलन गर्न लागेको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले जानकारी दिए।
तिलगङ्गामा उपचार गराउन आएका एक जना बिरामीमा सङ्क्रमण भेटिएपछि ती सङ्क्रमितको कन्टयाक्ट ट्रेसिङ गर्दा उक्त ठाउँका मानिसमा परीक्षणका लागि नमूना सङ्कलन गर्न थालिएको हो। बुधबार कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले सिंहदरबारभित्र फोहर सङ्कलन र चमेना गृहमा खटिने ५०८ जना कर्मचारीको नमूना सङ्कलन गरेको थियो ।
यस्तै शुक्रबार कालीमाटीस्थित तरकारी बजारमा तरकारी पसलमा काम गर्ने १०५ कर्मचारीको परीक्षणका लागि नमूना सङ्कलन गरिने छ।
" /> काठमाडौं। काठमाडौं उपत्यकामा कोभिड-१९को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ। लकडाउन खुलेसँगै बाहिरबाट भित्रने मानिसको संख्या र उपत्यकामा पनि भीडभाड बढेसँगै यहाँ दिनहुँ सङ्क्रमित फेला परिरहेका छन्।

">