थप २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १४६ जना डिस्चार्ज <p>काठमाडाैं। पछिल्लो २४ घण्टामा २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।</p> <p>देशका विभिन्न प्रयाेगशालामा गरिएकाे ६ हजार ३७ नमुना परीक्षणमध्ये साे संख्यामा संक्रमित देखिएका हुन्।</p> <p>नेपालमा सक्रिय संक्रमितकाे संख्या पाँच हजार ३६० जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।</p> <p>यस्तै पछिल्लो २४ घण्टामा १४६ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार २१ जना डिस्चार्ज भइसकेका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्