काठमाडौं। लकडाउन हटेसँगै कोरोना संक्रमणको जोखिम बढिरहेको छ।
कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि ११ चैतदेखि लागू भएको लकडाउनका कारण घर गएकाहरू संघीय राजधानी काठमाडौं फर्कन थालेका छन्।
सँगसँगै कोभिड-१९ परीक्षण गराउनेको भीड पनि उत्तिकै बढेको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि लाइन लाग्ने सर्वसाधारणको भीड बाक्लिएको छ।

बिहानैदेखि अस्पतालको गेटदेखि बाहिर टेकुको मुल सडकसम्मै सर्वसाधारण लाइन लागेका छन्।
काठमाडौं फर्किएसँगै डेरामा बस्नेहरूलाई घरभेटीले कोरोना नभएको रिपोर्ट ल्याउन भनेपछि परीक्षण गर्नेको संख्या बढेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका अनुसार दैनिक एक हजारभन्दा बढिजनासम्म परीक्षणको लागि आउने गरेका छन्।
" /> काठमाडौं। लकडाउन हटेसँगै कोरोना संक्रमणको जोखिम बढिरहेको छ।कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि ११ चैतदेखि लागू भएको लकडाउनका कारण घर गएकाहरू संघीय राजधानी काठमाडौं फर्कन थालेका छन्।

">