काठमाडौं। कोरोना संक्रमण भएपछि अमिताभ बच्चन अस्पतालमा उपचाररत छन्। उनकी बुहारी ऐश्वर्या र नातिनी आराध्या भने २७ जुलाईमा डिस्चार्ज भए। अब अमिताभ र छोरा अभिषेक डिस्चार्ज हुन बाँकी छ। ऐश्वर्या र आराध्या ११ दिनमा कोरोना संक्रमणमुक्त हुँदा अमिताभले भावुक स्टाटस लेखे।
त्यतिमात्र नभएर नातिनी आराध्यालाई अंगालो हाले। उनलाई अंगालो हाल्दै आफ्नो आँखाबाट आशु थाम्न नसकिएको उनले स्टाटसमै लेखेका छन्। हजुरबुबालाई ढाडस दिँदै ८ वर्षीया आराध्याले भनिन्, ‘नरुनु, तपाई चाँडै घर फर्किनुहुन्छ।’ त्यसो भए अमिताभ कोरोना मुक्त भएका हुन्?
कोरोना संक्रमित र अन्यबीच भौतिकदूरी कायम गराउनुपर्छ। एक अर्कालाई भेट्नु त परको कुरा भयो नजिक पनि आउन मिल्दैन। तर, अमिताभ र नातिनीबीचको अंकमालले के अमिताभ पनि कोरोना संक्रमणमुक्त भएका हुन्? भन्ने प्रश्न उठेको छ। केही दिन पहिला भारतीय सञ्चारमाध्यमले उनी कोरोना संक्रमणमुक्त भएको खबर सार्वजनिक गरेका थिए।
तर, अमिताभले उक्त खबर झुठा भएको प्रतिक्रिया दिएका थिए। उनी संक्रमणमुक्त भएका छैनन् भने किन अंकमाल गरे भन्दै प्रश्न उठन थालेको छ। भारतीय सञ्चारमाध्यमहरूले उनी पनि कोरोना संक्रमणमुक्त भएको अनुमान गरेका छन्। तर, यस विषयमा न अस्पतालले कुनै प्रतिक्रिया जनाएको छ न त अमिताभले।
११ जुलाईदेखि मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत अमिताभ र उनका छोरा अभिषेकको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। अवस्था सामान्य भएको भए आजसम्म किन डिस्चार्ज भएन भन्ने प्रश्न पनि उठिरहेको छ। यस विषयमा अस्पतालले पनि आधिकारिक धारणा सार्वजनिक गर्न सकिरहेको छैन।
आफ्नो बुहारी र नातिनी डिस्चार्ज गरिएकोबारे जानकारी दिएका अमिताभले आफ्नो स्वास्थ्य कस्तो छ भनेर जानकारी दिन सकिरहेका छैनन्।
" /> काठमाडौं। कोरोना संक्रमण भएपछि अमिताभ बच्चन अस्पतालमा उपचाररत छन्। उनकी बुहारी ऐश्वर्या र नातिनी आराध्या भने २७ जुलाईमा डिस्चार्ज भए। अब अमिताभ र छोरा अभिषेक डिस्चार्ज हुन बाँकी छ। ऐश्वर्या र आराध्या ११ दिनमा कोरोना संक्रमणमुक्त हुँदा अमिताभले भावुक स्टाटस लेखे।त्यतिमात्र नभएर नातिनी आराध्यालाई अंगालो हाले। उनलाई अंगालो हाल्दै आफ्नो आँखाबाट आशु थाम्न नसकिएको उनले स्टाटसमै लेखेका छन्। हजुरबुबालाई ढाडस दिँदै ८ वर्षीया आराध्याले भनिन्, ‘नरुनु, तपाई चाँडै घर फर्किनुहुन्छ।’ त्यसो भए अमिताभ कोरोना मुक्त भएका हुन्?

">