पछिल्लो २४ घण्टामा थपिए ३११ नयाँ कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा  नेपालमा ३११ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन्।
“देशभर पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ३२ पिसिआर परिक्षणबाट ३ सय ११ जनामा संक्रमण देखिएको छ” प्रा. डा. गौतमले भने, “पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ।”

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसकै कारण १ जनाको मृत्यु भएको छ भने १ सय २१ जना निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टाको विवरणसँगै देशभर संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ भने १३ हजार ८ सय ७५ जना निको भएका छन्। त्यस्तै कोरोना कै कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ भने१५ हजार ३ सय ३१ जना अहिले क्वारेन्टाइनमा छन्।

प्रतिक्रिया दिनुहोस्