काठमाडौं। नेपालका ६ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
आइसोलेसनमा उपचाररत सबै संक्रमित निको भएर डिस्चार्ज भएपछि खोटाङ, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ शून्य संक्रमित जिल्ला बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा अहिलेसम्म १८ हजार ७५२ जनामा कोभिड-१९ पुष्टि भएको छ। तीमध्ये १३ हजार ७५४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निको भएको दर ७३ दशमलब ३ प्रतिशत रहेको छ।
हिजो नयाँ १३९ जना संक्रमित थपिएका थिए। त्यस्तै ६२६ जना डिस्चार्ज भएका थिए।
" /> काठमाडौं। नेपालका ६ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।आइसोलेसनमा उपचाररत सबै संक्रमित निको भएर डिस्चार्ज भएपछि खोटाङ, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ शून्य संक्रमित जिल्ला बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

">