काठमाडौं। महाबौद्धमा बस्दै आएकी एक महिला २० दिन अघि भारतबाट आइन्।
भारतको सीतामढीकी ती महिला महाबौद्धमा बुबा आमासँगै बस्दै आएकी थिइन्। ७ वर्षीय छोरासँगै काठमाडौं आएकी उनलाई केही दिन अगाडि हल्का ज्वरो आयो। खोकी पनि लाग्यो।
उनीसँगै बस्ने उनका २१ वर्षीय भाइमा त्यही समस्या देखियो। हल्का ज्वरो, सुख्खा खोकी र स्वास फेर्न गाह्रो भयो।
दुवैजनाले टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोभिड-१९ पोजिटिभ देखियो।
गत शुक्रबार उनीहरू दुवैजनासहित काठमाडौंमा १६ जनामा कोरोना संक्रमण देखिएको थियो।
.jpg)
महाबौद्धमा होलसेल पसल गर्दै आएका उनका बुबा, आमा र छोराको पीसीआर परीक्षण गराउँदा उनीहरूमा पनि कोरोना पोजिटिभ देखियो।
एकै परिवारका पाँचजनामा कोरोना पोजिटिभ देखिएपछि महाबौद्ध क्षेत्रमा सन्त्रास फैलिएको छ।
आज सरकारी अधिकारीहरू त्यहाँको स्थलगत रिपोर्ट लगेका छन्। उनीहरूले थप २० जनालाई स्वास्थ्य परीक्षणका लागि टेकू पठाएका छन्। पीसीआर परीक्षणका लागि पठाइएकाहरूको रिपोर्ट आउन बाँकी रहेको स्थानीय अमित तुलाधरले जानकारी दिए।
कोरोनाको लक्षण देखिएपछि पनि उनीहरूले डेङ्गु लागेको भन्दै पसल खोल्दै आएका थिए। सञ्चारमाध्यममार्फत उनमा कोरोना संक्रमण भएको खबर बाहिर आएपछि उनको सहित त्यो क्षेत्रका पसल बन्द गरिएको तुलाधरले बताए।
“के भयो भन्दा ‘केही होइन डेङ्गो लागेको रहेछ’ भनेर जवाफ दिएका थिए। पछि पत्रिकामा उनीहरूको रिपोर्ट पोजेटिभ आएको देखेपछि हामीले पसल बन्द गराएर टेकू पठायौं,” तुलाधरले भने।
संक्रमणपछि स्थानीयले उनीहरूसँग ९३ जना सम्पर्कमा आएको देखाएका छन्। तर, काठमाडौं महानगर र स्वास्थ्य सेवा विभागबाट गएको टोलीले सबैभन्दा नजिक रहेको र कोभिड-१९ सम्बन्धी लक्षण देखिएकाहरूको मात्र पीसीआर परीक्षण गराउने जनाएको छ।
काठमाडौं महानगरपालिकाका कोभिड-१९ फोकल पर्सन ज्ञानबहादुर ओलीले २५ जना जतिको पीसीआर परीक्षण गरिने बताए। “स्थानीयले उनीहरूको सम्पर्कमा रहेका ९३ जनाको नाम दिनुभएको छ। तिनिहरूमध्ये सबैको परीक्षण हुँदैन,” उनले भने, “बाँकीलाई सेल्फ क्वारेन्टिनमा बस्न लगाइन्छ।”
अहिलेसम्म अन्यको ट्राभल हिस्ट्री नभएकाले छोरीबाटै अन्यमा संक्रमण फैलियो कि भन्ने आशंका रहेको ओलीको भनाइ छ। “उनीबाटै सरेको भन्नलाई २० दिन अगाडि काठमाडौं आइसक्नुभएको रहेछ। तर, अन्य आधार पनि नभएकाले उनीबाटै सरेको भन्ने हाम्रो बुझाइ छ,” महानगरका फोकल पर्सन ओलीले भने।
छैन कुनै सतर्कता
कोरोना संक्रमण देखिएपछि महाबौद्ध क्षेत्रमा पसल बन्द गरिएका छन्। तर, संक्रमित परिवारले खाजा खाने खाजा घर, बस्ने ठाउँमा भने कुनै सतर्कता अपनाइएको छैन।
व्यापारीले खाजा खाने खाजा घर निर्वाध रूपमा सञ्चालन गरेका छन्। त्यस्तै उनको परिवार बस्ने कमलाछीस्थित घरमा पनि मानिसहरू बाहिरभित्र गरिरहेका छन्।
त्यहाँका स्थानीयले उनीहरूलाई बाहिर ननिस्किन भनेका छन्। तर, पनि निर्वाध रूपमा बाहिर आउने गरेको स्थानीय तुलाधरले बताए।
.jpg)
“उनी दिउँसो खाजा खाने होटल निर्वाध रूपमा खोलिएको छ। उनी बस्ने घरमा रहेको पसल समेत खोलेका छन्। हामीहरूले जति भन्दा पनि मानिरहेका छैनन्,” उनले भने।
काठमाडौं महानगरपालिका-२३ का वडाअध्यक्ष चिनियामान बज्राचार्यले एक सूचना जारी गर्दै उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूलाई यथाशीघ्र स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेका छन्।
वडाध्यक्ष बज्राचार्यले वडाले भोलि पीसीआर परीक्षण गराउने बताए। उनीहरूको सम्पर्कमा आएका, पसल वरपरका, घरमा बस्नेहरूको पीसीआर परीक्षण गरिने उनको भनाइ छ।
" /> काठमाडौं। महाबौद्धमा बस्दै आएकी एक महिला २० दिन अघि भारतबाट आइन्।भारतको सीतामढीकी ती महिला महाबौद्धमा बुबा आमासँगै बस्दै आएकी थिइन्। ७ वर्षीय छोरासँगै काठमाडौं आएकी उनलाई केही दिन अगाडि हल्का ज्वरो आयो। खोकी पनि लाग्यो।

">