कैलाली। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सोमबार १७ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १९७ जनाको कोरोना परीक्षण भएकोमा १४ जना पुरुष र तीन जना महिला गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले बताए।
कोरोना पुष्टि भएकामा अछामका १६ र दार्चुलाका एक जना रहेको सूचना अधिकारी श्रेष्ठले बताए।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ९९ पुगेको छ भने आठ जनाको मृत्यु भइसकेको छ। संक्रमण पुष्टि भएकामध्ये दुई हजार ७५१ जना डिस्चार्ज भएका छन्।
" /> कैलाली। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सोमबार १७ जनामा कोरोना पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा १९७ जनाको कोरोना परीक्षण भएकोमा १४ जना पुरुष र तीन जना महिला गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले बताए।

">