काठमाडौं। विश्वमा बढ्दो प्लास्टिक प्रयोगले आगामी दिनमा ठूलो सङ्कट निम्त्याउने अध्ययनहरूले बताएका छन्। समयमै यसको नियन्त्रणमा कदम नचाले सन् २०४० सम्ममा करिब १.३ अर्ब टन प्लास्टिकको बोझ धरतीमा रहने रिपोर्ट जर्नल साइन्समा प्रकाशित भएको हो।
युनिभर्सिटी अफ लिड्सका डा. कोस्टास वेलिसका अनुसार प्लास्टिकको आँकडा चकित पार्नेखालको छ, तर यसलाई नियन्त्रण गर्नका लागि हामीसँग समय र प्रविधि दुवै छ। ‘‘आगामी २० वर्षको सम्भावित तस्वीरको आकलन खतरनाक छ। यति ठूलो आकलन स्वयम्मा मुस्किल काम हो। तर, यदि पूरै प्लास्टिकलाई बेलायतको कुनै समथल जमिनमा बिछ्याइदिने हो भने यो देशको क्षेत्रफलभन्दा १.५ गुना बढी ढाक्न सक्छ,’’ उनले भनेका छन्, ‘‘प्लास्टिक संसारका हरेक ठाउँ र हरेक हिस्सामा मौजुद छ। यसको प्रयोग कसरी गर्ने र समस्याको निराकरण कसरी गर्ने भन्ने काम सहज छैन।’’
प्लास्टिकको खतराबारे अध्ययन गर्न शोधार्थीहरूले सर्वप्रथम संसारभरमा यसको उत्पादन, प्रयोग र यसको अन्त्य गर्ने स्थान पत्ता लगाए। त्यसपछि टोलीले एउटा मोडेल तयार पार्यो ताकि, त्यसबाट भविष्यमा प्लास्टिकबाट हुने प्रदूषणको समस्या अनुमान गर्न सकियोस्।
उनीहरू यसलाई सामान्य प्रक्रिया मान्छन्। हाल संसारभर उत्पादन भइरहेको प्लास्टिकको परिमाण र यसको पुन:प्रयोगको अवस्थालाई हेरेर उनीहरूले आगामी २० वर्षमा १.३ अर्ब टन प्लास्टिक थुप्रिने आकलन गरेका हुन्। प्लास्टिक उत्पादनमा कमी वा यसको पुन:प्रयोगमा बढी ध्यान दिएका खण्डमा भने उक्त आँकडामा परिवर्तन हुने उनीहरूको भनाइ छ।
सम्भावित समाधानको बाटोलाई व्यवहारमा ल्याउनु आवश्यक रहेको उक्त अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने अमेरिकी प्यु च्यारिटेबल ट्रस्ट्सकी विनी लाउ बताउँछिन्। ‘‘हामी सचेत हुने हो भने समुद्रसम्म पुग्ने प्लास्टिकको मात्रा ८० प्रतिशतसम्म घटाउन सक्छौं,’’ उनी भन्छिन्।
शोधार्थीले दिएका केही सुझाव :
उल्लिखित तथा नियन्त्रणका अन्य सबै उपाय अपनाउँदा पनि आगामी दुई दशकमा ७१ करोड टन प्लास्टिक पृथ्वीको पर्यावरणमा देखिने डा. वेलिस बताउँछन्। वास्तवमा प्लास्टिकको समस्या सुल्झाउने अब्बल उपाय केही पनि देखिँदैन। तर, विभिन्न मुलुक र संस्थाहरूले हालसम्म नजरअन्दाज गर्दै आएका कतिपय उपाय अपनाउन सक्दा यसमा नियन्त्रण भने ल्याउन सकिन्छ।
नेपाललगायत संसारका कतिपय विकासशील देशमा प्लास्टिकजन्य वस्तुको उत्पादन र प्रयोग बढ्दो क्रममा छ। हाम्रा खोलानालामा प्लास्टिकका कारण बहाव नै छेकिएको छ। तिनको सफाइ चुनौतीपूर्ण बनेको छ। समुद्रमा फालिएका प्लास्टिकका कारण जलचर प्राणीको अस्तित्व लोप हुने खतरा बढको छ। कतिपय मुलुकले यसमा नियन्त्रणका लागि कदम पनि चालेका छन्। तर, ती निष्प्रभावी छन्। विगतमा नेपालमै पनि केही शहर र नगरपालिका तथा गाउँपालिकाले नै प्लास्टिकमुक्त अभियान चलाएका हुन्। तर, तिनलाई कतैबाट पनि प्रोत्साहन नहुँदा सफल हुन सकिरहेका छैनन्।
अफ्रिकी, ल्याटिन अमेरिकी तथा कपितय विकासशील एशियाली मुलुकमा समेत प्लास्टिक विसर्जनका लागि कुनै ठाउँ छैन। डा. वेलिस भन्छन्, ‘‘उनीहरूले या त प्लास्टिक जलाउनु पर्छ या कतै फाल्नु पर्छ।’’ चुनौती त के छ भने, प्लास्टिक रिसाइक्लिङ गर्ने संस्था तथा व्यक्तिलाई कसैले पनि मद्दत गरिरहेको छैन। यसका लागि छुट्टै र प्रोत्साहनकारी नीति बन्नु पर्ने डा. वेलिस बताउँछन्।
प्लास्टिक नियन्त्रणका लागि मुख्य कुरो त, यसको विकल्प दिन सक्नु पर्छ। मानिसहरू सामान किन्न घरबाट निस्कँदा झोला बोक्दैनन्, पसलेले उनीहरूलाई प्लास्टिकको झोलामा सामान हालेर दिन्छ। कम्तीमा व्यापारिक घरानाले प्लास्टिक प्रयोगलाई निरूत्साहित गर्न सक्दा नियन्त्रणमा सहयोग पुग्छ।
सामान किनेर हाल्नका लागि जुटका वा कपडाका झोला प्रयोगलाई सरकारले अनिवार्य गर्न सक्छ। प्लास्टिकबाट बनेका भाँडाकुँडा वा पानी ट्याङ्कीको सट्टा स्टिल र अन्य धातुको प्रयोग गर्न सकिन्छ। प्लास्टिकका झोला वा अन्य वस्तु उत्पादन गर्दै आएका उद्योगलाई अन्य काममा लगाउन सकिन्छ। त्यसका लागि सरकारले योजना र सहयोगको हात अगाडि बढाउने सक्नु पर्छ।
वर्तमान समयमा संसारभर प्लास्टिकको माग बढ्दो छ। मागअनुरूप उत्पादन पनि बढ्ने नै भयो। यसबाट पर्यावरणमा पर्ने असर भयानक हुने अनुसन्धानकर्ताहरूको भनाइ छ। (बीबीसीको सहयोगमा)
" /> काठमाडौं। विश्वमा बढ्दो प्लास्टिक प्रयोगले आगामी दिनमा ठूलो सङ्कट निम्त्याउने अध्ययनहरूले बताएका छन्। समयमै यसको नियन्त्रणमा कदम नचाले सन् २०४० सम्ममा करिब १.३ अर्ब टन प्लास्टिकको बोझ धरतीमा रहने रिपोर्ट जर्नल साइन्समा प्रकाशित भएको हो।युनिभर्सिटी अफ लिड्सका डा. कोस्टास वेलिसका अनुसार प्लास्टिकको आँकडा चकित पार्नेखालको छ, तर यसलाई नियन्त्रण गर्नका लागि हामीसँग समय र प्रविधि दुवै छ। ‘‘आगामी २० वर्षको सम्भावित तस्वीरको आकलन खतरनाक छ। यति ठूलो आकलन स्वयम्मा मुस्किल काम हो। तर, यदि पूरै प्लास्टिकलाई बेलायतको कुनै समथल जमिनमा बिछ्याइदिने हो भने यो देशको क्षेत्रफलभन्दा १.५ गुना बढी ढाक्न सक्छ,’’ उनले भनेका छन्, ‘‘प्लास्टिक संसारका हरेक ठाउँ र हरेक हिस्सामा मौजुद छ। यसको प्रयोग कसरी गर्ने र समस्याको निराकरण कसरी गर्ने भन्ने काम सहज छैन।’’

">