काठमाडौं। बेलायतमा भइरहेको बृहत् परीक्षणले कोरोना सङ्क्रमितको ज्यान जोगाउन डक्सामेथासोन उपयोगी हुने देखाएको छ। यसलाई ‘रिकभरी ट्रायल’ नाम दिइएको छ। उक्त परीक्षण १२ हजारभन्दा बढी बिरामीमाथि गरिएको थियो। बेलायतमा अन्य कुन कुन औषधि कोरोनाबाट बचाउन काम लाग्छ भन्ने पनि अनुसन्धान भइरहेको छ।
विश्व स्वास्थ्य सङ्गठनले पनि सबैभन्दा बढी उपयोगी औषधि कुन हुन सक्छ भन्नेबारे सोलिडारिटी ट्रायल गरिरहेको छ। साथै, संसारका अन्य थुप्रै कम्पनी कोरोनाको औषधिको खोजमा लागिरहेका छन्। सस्तो र सहजै उपलब्ध हुने डेक्सामेथोसोन अहिलेसम्मकै पहिलो औषधि बन्न पुगेको छ, जसले कोरोना सङ्क्रमितको जीवन जोगाउन मद्दत गर्छ। थोरै मात्र यसको प्रयोगले कोरोनाबाट जोगाउन सक्ने रिकभरी ट्रायलमा संलग्न विशेषज्ञहरूले बताएका छन्।
भेन्टिलेटरमा राखिएका बिरामीलाई मर्नबाट जोगाउन डेक्सामेथोसोन सफल रहेको उनीहरू बताउँछन्। त्यस्ता बिरामीको मृत्युको सम्भावनालाई डेक्सामेथोसोनले करीब एकतिहाइ घटाउने विशेषज्ञहरूको दाबी छ। तर, माइल्ड लक्षण भएका बिरामीलाई भने डेक्सामेथोसोनको कुनै असर नपर्ने पनि उनीहरूले बताएका छन्।
कोरोनाबाट हुन सक्ने मृत्यु कम गराउन सफलता पाएको अर्को औषधि हो रेमडिसिभिर। डेक्सामेथोसोनले जस्तै रेमडिसिभिरले पनि कोरोनो सङ्क्रमितको मृत्युलाई रोक्न सक्ने अनुसन्धानले पत्ता लगाएको हो। रेमडिसिभिर गिलिएड कम्पनीको उत्पादन हो। डब्ल्यूएचका डा. ब्रुस आइलवर्ड पनि रेमडिसिभिर कोरोनाका लागि उपयोगी भएको बताउँछन्।
संसारभरका वैज्ञानिक, चिकित्सक तथा अनुसन्धाता कोरोनाविरुद्धको भ्याक्सिनको खोजमा लागिरहेका छन्। डेढ सयभन्दा बढी अलगअलग औषधिमाथि अनुसन्धान भइसकेको छ। कतिपय औषधि पहिलादेखि नै चल्तीमा आइसकेका छन्। पछिल्लो तथ्याङ्कअनुसार हालसम्म कोरोना सङ्क्रमित डेढ करोड नाघिसकेका छन् भने मृत्यु हुनेको सङ्ख्या सवा ६ लाख नाघिसकेको छ।
(बीबीसी)