चितवन। पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा आकस्मिक रक्तसञ्चार सेवा शुरू गरिएको छ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर र अस्पतालबीच सम्झौता गरी आजदेखि सेवा सञ्चालनमा ल्याइएको हो।
सेवाको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो। मिर्गौलाको डायलासिस गराइरहेका तीनजना बिरामीलाई रगत प्रदान गरी सेवा सञ्चालनमा ल्याइएको हो।
योसँगै अस्पतालमा आएका बिरामी रगतको खोजीमा भरतपुरसम्म जार्नुपर्ने बाध्यता टरेको छ।
सेवा तत्कालका लागि अस्पतालमा रहेको प्रयोगशालाबाट सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले बताए।
सेवाको शुभारम्भ गर्दै नगरपालिका प्रमुख वनले अहिले आकस्मिक रक्तसञ्चार केन्द्रका रुपमा स्थापना गरिएको यस सेवालाई विस्तार गरेर केन्द्रका रुपमा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए। रासस
" /> चितवन। पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा आकस्मिक रक्तसञ्चार सेवा शुरू गरिएको छ।क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर र अस्पतालबीच सम्झौता गरी आजदेखि सेवा सञ्चालनमा ल्याइएको हो।

">