जुम्ला। जुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एकजना संक्रमित हिजो निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएको हो।
प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरज थापाले भने, “प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक कामले यो सफलता प्राप्त भएको हो। अझै कोरोनाको जोखिम कायम रहेको हुँदा सावधानी अपनाउन म आग्रह गर्दछु। ”
आइसोलेसनमा बाँकी रहेका एकजनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि संक्रमितको सङ्ख्या शून्य भएको प्रतिष्ठानका कोरोना फोकल पर्सन प्राडा धीरज गुरुङले बताए ।
संक्रमित शून्य भएपछि कोरोनाविरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई हिजो सम्मान गरिएको थियो ।
जुम्लामा परीक्षण गरिएकामध्ये ६९ जनालाई कोरोना संक्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए।
उनीहरू सबै निको संक्रमित मुक्त भएर घर फर्केका छन्। रासस
" /> जुम्ला। जुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएको छ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एकजना संक्रमित हिजो निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएको हो।

">