धेरैलाई साँझ रोमाञ्चक लाग्छ। तर, मेरो भोगाइमा त्यस्तो भएन। ठीक विपरित हुँदै गएको थियो। दिन ढल्दै गर्दा मनका आवेगहरू सलबलाउने क्रम बढ्न थालेको थियो। शरीर यति बिध्न रापिलो हुन्थ्यो कि, लाग्थ्यो उसले आगो ओकल्दै छ। यति बेला म पन्ध्र दिनकी सुत्केरी थिएँ। हाम्रो पहिलो सन्तान छोरा भएको थियो।
घरमा नयाँ मान्छेको आगमनले सबैको अनुहार जुन जस्तै चम्किलो देख्थेँ। तर, मेरो मन र शरीर एक तमासको डर र वेचैनीमा बाँचिरहेको थियो। श्रीमान नजिक हुँदा पनि मैले कहिल्यै उहाँलाई यस्तो कुरा भन्न सकिनँ। बरु स–साना कुराहरूमा हाम्रो मन मुटाव हुने गर्थ्यो। जसले पीडा अझै थपिन्थ्यो। सञ्चारकर्मी र सेलिव्रेटी भएका कारण सुत्केरी अवस्थामा एउटी आमाले भोग्ने डिप्रेसन, तनाव वा पोस्टपार्डम डिप्रेसनबारे मलाई राम्रो ज्ञान थियो। तर, जानकारी राख्दैमा आफूले भोग्नु पर्दैन भन्ने नहुँदाे रहेछ।
सुत्केरी महिलालाई परिवारिक, सामाजिक र सांस्कृतिक परिवेषले विशेष प्रभावित पार्दो रहेछ। तर, यी सबै कुराको ज्ञान राख्दा पनि मेरो पीडा अरु आमाहरूको भन्दा फरक भएन। दिनको १६ घण्टा छोराको स्याहार सुसारमा बिताउने गरेको महिनौं भइसकेको थियो। सबेरै उठेर घरका अनगिन्ति कामहरूले मेरो दिन त पलभरमै बित्थ्यो। तर, रात ढल्दै गर्दा परेलीहरू बन्द हुनुको साटो उघ्रँदै जान्थे। विष जस्तै लाग्ने ती रातहरू बिना कसुरको सजाय दिने गर्थे। मध्यरातमा बाबु वेस्सरी रुदाँ उसलाई त दूध चुसाएर शान्त पार्थेँ। तर, मेरो मनको डर र आवेगलाई शान्त पार्न सकिरहेकी थिइन्। अनेक प्रश्नहरूको पहाड र छटपटीमै कुन बेला बिहान हुन्थ्यो, थाहै हुँदैनथ्यो।

एउटा मध्यमवर्गीय परिवारमा जन्मेकी म सानैदेखि ढिट स्वभावकी थिएँ। कुनै पनि समस्यालाई स्वयमले निकास दिने मेरो बानी छ। रात पछि दिन, औंशी पछि पूर्णिमा र हार पछिको जित जस्तै समस्या पनि अवस्य सामाधान हुन्छ भन्ने कुरामा म विश्वास राख्छु। समस्यामा अल्झेर मात्र बस्ने भन्दा तत्काल त्यसको समाधान खोज्ने मेरो स्वभाव हो। तर, सुत्केरी भएपछिका दिनहरूमा मैले कुनै प्रश्नको उत्तर पाइरहेकी थिइनँ। जसले मेरो रक्तचाप अझै बढाएर मानसिक तनाब दिने गर्थ्यो।
किशोरावस्था देखिनै मैले आफूलाई खुल्ला किताब मान्दै आएको छु। कुनै कुरा लुकाउन नसक्ने र स्पष्ट वक्ता भएकै कारण विस्तारै मेरो करिअर मिडिया क्षेत्रमा अघि बढ्यो। सन २००१ मा पहिलोपटक मिडिया क्षेत्रमा प्रवेश गर्दा २० वर्षकी थिएँ। २००२ मा मिस नेपालको ताज प्राप्त गरेपछि आफूलाई चिनाउनै परेन। अझ दुई वर्ष कान्तिपुर टेलिभजनमा “कल कान्तिपुर” कार्यक्रम सञ्चालन गरेपछि मैले बेग्लै उडान भरेकी थिएँ। सूचना र सञ्चार क्षेत्रमै भविष्य बनाउने निश्चित पनि गरेँ। कामकै शिलसिलामा रियाज श्रेष्ठसँग नजिक हुँदा उहाँलाई जीवनसाथी बनाउँने निधो गरेँ र हामी विवाह बन्धनमा बाँधियौँ।
विवाहको ४ वर्षपछि आफ्नै व्यक्तिगत चाहना र तयारीमा बच्चा जन्माउने योजना भयो। गर्व रहँदा म ३३ वर्षकी थिएँ। यो उमेर नै मलाई परिपक्व लाग्यो। हामी दुवै श्रीमान–श्रीमतीले आ–आफ्नो तयारी शुरू गर्यौँ। पहिलो सन्तान हुँदैछ भन्ने खबरले नै खुशीका बाँधहरू फुटन थालेका थिए। गर्भवति हुँदादेखि बच्चा जन्मने दिनसम्म विभिन्न पुस्तकहरू अध्ययन गरेर बिताउँथे। कसरी बच्चाको स्याहरसुसार गर्ने, पौष्टीक आहारमा कसरी ध्यान दिने, सुत्केरी भएपछि भोग्नु पर्ने क्षणहरू कस्ता हुन्छन, कस्तो तयारी गर्नुपर्छ भन्ने कुरा मैले पूरा जानकारी लिएँ। विस्तारै डेलिभरीको मिति नजिकिदै गर्दा दिनहरू खुम्चदैछन् जस्तो लाग्थ्यो। बिना कुनै रुटिङले सुत्नेउठ्ने म, अब धेरै कुरामा ध्यान दिन शुरू गरेकी थिएँ। आफ्ना अनेक पेशागत र व्यक्तिगत कार्यहरूको तालमेल बिग्रन थालिसकेको थियो। समय बित्दै थियो। २०७३ सालको वैशाख २ गते नर्भिक अस्पताल, थापाथलीमा मैले छोरालाई जन्म दिएँ। हाम्रो खुशीको कुनै सीमा रहेन। मलाई पूर्णरूपमा स्वस्थ्य भए पश्चात घर लगिएको थियो।
नेवारी रितीरिवाज अनुसार नै हाम्रो छोराको नामाकरण गरियो। विस्तारै दिन हप्तामा र हप्ता महिनामा परिणत हुँदै थियो। दिनरात छोराको स्याहार–सुसारले व्यावसायिक जीवन अस्तव्यस्त भएको थियो। नेपाली समुदायका रुढिवादी परम्पराले मलाई थप यातना दिन्थे। आमा भएपछि म आफ्नै सोचाइअनुसार छोरालाई हुर्काउन चाहन्थे। यो स्वभाविक पनि लाग्थ्यो। तर, त्यसमा अरुकै बढी हस्तक्षेप हुन्थ्यो। हरेक दिनका कृयाकलापदेखि छोराको पास्नीमा समेत रुढिवादी परम्परा पालना गर्नुपर्ने बाध्यता थियो।
रजस्वला हुदाँ धेरै कुराहरूमा मलाई वहिष्कार गर्ने कोशिस गरियो। यसका लागि आफ्नै परिवारसँग पनि थुप्रै विद्रोह गरेँ। त्यसैले अब मलाई कसैले बुझदैन र म एक्लो छु भन्ने महसुस हुन थालेको थियो। छिनछिनमै मेरो रक्तचाप घटिबढी हुन्थ्यो। रिसले टाउको फुट्यो भनेझै लाग्थ्यो। कुनै पनि समस्यालाई समाधान गर्न मसँग उपायहरू शून्य हुन थाले। सोच्ने र विचार गर्ने सामार्थ्य घट्दै गएको थियो। एक किसिमको डरले मेरो मनमा डेरा जमाएको थियो। छिनछिनमा म छोराको नाकमा हात लगेर श्वासप्रश्वास छाम्थेँ। कतै उसलाई केहि त भएन? चिन्ताले सताउँथ्यो। यसरी नै पाँच महीना बित्यो।
मेरो मनका आवेगहरू कहिल्यै परिवार वा कसैसँग बाँड्ने आँटै गरिनँ। एक्लै तनाव लिदै गएँ र समय पनि बित्दै गयो। बच्चा जन्माएका आमाहरूले गुज्रिनु पर्ने यस्तो यातनाबारे जान्दा जान्दै म आफैंले भोग्न पुगेछु। जब म ती काला दिनहरूबारे अवगत भएँ, तब मलाई मानसिक परामर्श लिने आँट आयो। त्यस पश्चात म पोष्टपार्डम डिप्रेसन र यसका भोगाईबारे स्पष्टसँग खुल्दै गएँ।
नियमित परामर्शका पाँचबटा सेसन गर्दैमा मैले आफूभित्र पुरानै माल्भिका पाउँन थाले। दैनिकीहरू अब सुनौला बन्न थालिसकेका थिए। चुनौतिहरूलाई सहजै दिशा दिन सक्ने भएँ। जति आफ्नो मनको वह पोख्यो त्यती शितल हुने रहेछ। बल्ल आज छोरा झण्डै पाँच वर्षको भएपछि बुझदैछु, सुत्केरी अवस्थामा म खुशी हुनसक्ने क्षणहरू प्रसस्तै रहेछन्। तर, आफैंलाई यातना दिएर धेरै खुशीहरूको बलि आफैंले चढाएकी रहेछु। आफैंसँगका रिस र आवेगहरू बेकार रहेछन् भन्ने पनि बुझेँ। श्रीमानसँग ससानो कुराको मनमुटाव पनि पोष्ट पार्डम डिप्रेसनको परिणाम रहेछ।

आज त म चरा जस्तै स्वतन्त्र भएको छु। संसार जित्ने हिम्मत जुटेको छ। दैनिकी प्रसन्नतामा बित्ने गर्छ। तर, खुशी हुनु पर्ने सुत्केरी अवस्थाका दिनहरू सम्झदा आज पनि कहाली लाग्छ। ऐठन हुन्छ। अब फेरि अर्को सन्तान जन्माउने आँट गर्नै सक्दिन्। जब मैले आफू आमा बन्दा अनेक मानसिक पीडा भोगेँ, त्यसपछि नै हो यसबारे खुलेर अभिव्यक्ति राख्न थालेको। म एउटी पढेलेखेकी महिला भएर पनि अनेक यातनाबाट गुज्रिएपछि ग्रामिण महिलाहरूलाई सम्झन थालेँ। समाचारमा आउँथ्यो, आमाले आफ्नै सन्तानलाई घाँटी थिचेर मारिन् रे। त्यसपश्चात मैले त्यस्ता आमाहरूको अनुभव सुन्न थाले र पोष्टपार्डम डिप्रेसनबारे जानकारी बाँड्न थालेँ।
हाम्रो समाजले अझै पनि महिलाहरूलाई सुत्केरी अवस्थामा घरको चार कुनामा सीमित राख्न खोज्छ। आमाको भन्दा शिशु नै महत्वपूर्ण हुन्छ। महिलाहरू भएपछि पीडा सहन सक्नु पर्छ भन्ने समाजले आमालाई सहनशिलताकी खानी भनेर, ट्याग लागाइदिन्छ। महिलाहरू यसैलाई वरदान मानेर आफ्ना मनका पीडाहरू पोख्दैनन्। यो विल्कुलै गतल रहेछ। समाजको यही साँघुरो घेराले सुत्केरी महिलाहरूलाई अझै कुण्ठित बनाएको छ। मानसिक समस्याबारे आफ्नो अनुभव सुनाउँदा लाज र घृणाको विषय बनाउने गरिन्छ। त्यसैले आज पनि धेरै महिलाहरू मानसिक रोगबारे अवगत त छन्, तर मनको बह कहिँ राख्दैनन्। म आफैं पनि यसबारे समयमै खुल्न सकिनँ।
साथीभाई, परिवार, श्रीमान, दिदीबहिनी कसैलाई भनिनँ। जसबाट मानसिक रूपमा म एक्लै प्रताडित हुनु पर्यो। तर, म जस्तो अरुले नगर्नुहोस्। यसकै कारण आज म बोलिरहेकी हुँ। मनमा उब्जेका नकारात्मक भावनाहरूलाई जति सक्दो साट्नु उचित रहेछ। यसका लागि परिवार र समाजले पनि अनुकूल वातावरण बनाउनुपर्छ। मानसिक रोगबारे अझै प्रचारप्रसार पुगेको छैन। चिकित्सकहरूले पनि गर्भवति महिलालाई चेकजाँचकै समयमा डिप्रेसन वा पोष्टपार्डम डिप्रेसनबारे बुझाउनु पर्छ। अब आमाहरू पनि सहनसिल मात्र भएर हुँदैन। कुनै कुरा सहँदैमा बलियो र सहन नसक्दा कमजोर भन्ने गलत हो। बरु खुलेर रुनु, मनको वह पोख्नु र तिता अनुभव एकआपसमा साट्नुले क्षमता प्रमाणित गर्दछ।
प्रस्तुती : अनिता भेट्वाल।
" /> धेरैलाई साँझ रोमाञ्चक लाग्छ। तर, मेरो भोगाइमा त्यस्तो भएन। ठीक विपरित हुँदै गएको थियो। दिन ढल्दै गर्दा मनका आवेगहरू सलबलाउने क्रम बढ्न थालेको थियो। शरीर यति बिध्न रापिलो हुन्थ्यो कि, लाग्थ्यो उसले आगो ओकल्दै छ। यति बेला म पन्ध्र दिनकी सुत्केरी थिएँ। हाम्रो पहिलो सन्तान छोरा भएको थियो।घरमा नयाँ मान्छेको आगमनले सबैको अनुहार जुन जस्तै चम्किलो देख्थेँ। तर, मेरो मन र शरीर एक तमासको डर र वेचैनीमा बाँचिरहेको थियो। श्रीमान नजिक हुँदा पनि मैले कहिल्यै उहाँलाई यस्तो कुरा भन्न सकिनँ। बरु स–साना कुराहरूमा हाम्रो मन मुटाव हुने गर्थ्यो। जसले पीडा अझै थपिन्थ्यो। सञ्चारकर्मी र सेलिव्रेटी भएका कारण सुत्केरी अवस्थामा एउटी आमाले भोग्ने डिप्रेसन, तनाव वा पोस्टपार्डम डिप्रेसनबारे मलाई राम्रो ज्ञान थियो। तर, जानकारी राख्दैमा आफूले भोग्नु पर्दैन भन्ने नहुँदाे रहेछ।

">